प्यासन फाउण्डेशनबाट भिसा लागेका विद्यार्थीको जापानीज भाषा परीक्षा सम्पन्न
काठमाडौं – प्यासन फाउण्डेशनबाट भिसा लागेर जापान जान ठिक्क परेका विद्यार्थीको क्षमता अभिबृद्धिका लागि जापानीज भाषा परीक्षा सम्पन्न भएको छ । शनिबार प्यासन फाउण्डेशनको आयोजनामा जापानीज भाषा परीक्षा सम्पन्न भएको हो । प्यासन फाउण्डेशनको पुतलीसडकस्थित कार्यालयमा भएको परीक्षामा सयौं विद्यार्थीको सहभागिता रहेको थियो ।
जापानको भिसा लागेका विद्यार्थीहरुको भाषिक क्षमता अभिबृद्धिका लागि परीक्षा गरिएको प्यासन फाउण्डेशनका फाउण्डर पुस्पराज पहराईले बताए । ‘हामी अध्ययनका लागि जापान जाने विद्यार्थीले दुःख नपाउन भन्नेमा निकै सचेत छौं । त्यही भएर यो परीक्षा लिएका हौं ।’, मोटिभेट न्यूजसँग पहराईले भने, ‘हाम्रो प्रयासले उहाँहरुको भाषामा सुद्धता आउनेमा विश्वास लिएका छौं । परीक्षा पछि विद्यार्थीहरु पनि निकै उत्साहित भएको मैले पाएको छु ।’
नेपालबाट जापान जाने विद्यार्थीका लागि जापानीज भाषा अनिवार्य हो । त्यहाँ अन्य भाषा खासै प्रयोगमा नआउने भएकाले जापानीज भाषा राम्रो बनाएर जाँदा छिटो जागिर पाइने, राम्रो जागिर पाइने, पढाईमा पनि सहज हुने गरेको छ । प्यासन फाउण्डेशन जापानका लागि निकै चर्चित शैक्षिक कन्सल्टेन्सी हो । अहिले आफ्नो सेवा विस्तार गर्दै अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका लगायतका देशका शैक्षिक संस्थाहरुमा पनि विद्यार्थी पठाउन थालेको हो ।
