एसआई युकेले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि मल्टी डेस्टिनेसन एजुकेशन फेयर गर्दै
काठमाडौं – नेपालस्थित एसआई युके ग्लोबलले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई सहि परामर्श दिने उद्देश्यले मल्टी डेस्टिनेसन एजुकेसन फेयर गर्न लागेको छ।
बुधबार एसआई युकेले काठमाडौं पुतलीसडकस्थित आफ्नो कार्यालयमा पत्रकार सम्मेलम गर्दै यही असार १५ गते (june 29) मा युके, क्यानडा, अस्ट्रेलिया दुबई, आयरल्यान्ड र न्युजल्याण्ड लगाएतका चालीस भन्दाबढी युनिभर्सिटीहरुको प्रत्यक्ष सहभाहितामा विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई सहि परामर्श दिने उद्देश्यले फेयर गर्न लागेको जानकारी दिएको हो।
एसआई युकेका डाइरेक्टर विनय अधिकारीले नेपाली विद्यार्थीहरु वैदेशिक अध्ययन गर्न जान चाहने तर प्रोसेसिङ कसरी गर्ने आफू अध्ययन गर्न जाने देश कस्तो देश हो त्यहाँको शैक्षिक वातावरण कस्तो छ, आफू अध्ययन गर्न जान लागेको युनिभर्सिटीको रुल कस्तो छ, अध्ययन सकेपछि (PSW) पोस्ट स्टडी वर्क कसरी गर्ने भन्नेबारे कन्फ्युजन देखियो र हामिले त्यसलाई पनि चिर्न र अर्को इन्टेकको तयारीलाईसमेत लक्षित गरि फेयर गर्न लागेको बताए।
उनले भने,” पछिल्लो समय युके अध्ययन जाने कुरामा जुन त्यहा बस्न खान गारो छ, काम पाइदैन, विद्यार्थीहरुको बिचल्ली छ भन्ने भ्रम फैलाइएको छ त्यो सरासर झुट हो। बुझ्दै नबुझी हावाको भरमा जानेबित्तिकै कमाउछु पनि पढ्छु पनि भनेर जानेको हकमा त म भन्न सक्दिन तर अध्ययन मात्र गर्छु त्यहाको डिग्री लिन्छु र अगाडि केही गर्छु भनेर जानेहरुको भबिष्य उज्जल छ। अरुको त म भन्न सक्दिन एस आईयुकेबाट विदेश अध्ययन गर्न जाने र गैसकेका कोहि कसैलाई समस्या छ भने उसको सबै जिम्मा हामी लिन्छौं ।”
डाइरेक्टर अधिकारीले आफ्नो शैक्षिक परामर्श सस्था स्थापनाको १७ बर्षको अनुभवमा आज सम्म आफुले पठाएको विद्यार्थीहरुमा कुनै समस्या नआएको बताए। अधिकारीले युके लगाएतका मुलुकहरुमा हामिले पठाएका विद्यार्थीहरुलाई त्यहा पुगेर गर्नुपर्ने सम्पुर्ण ब्यबस्थापन हाम्रै अनलाईनसाइडबाटैगराएर पठाउने भएकाले आफ्ना विद्यार्थीहरुमा त्यस्तो कुनै समस्या नदेखिएको पत्रकार सम्मेलन मार्फत ठोकुवा गरे।
उनले भने, “मैले नेतृत्व गरेको परामर्श सस्थाले विद्यार्थीहरुलाई स्कलरसीप धेरै दिने युनिभर्सिटी रोजाउँछ, प्री कासको ब्यबस्था छ, पछि युनिभर्सिटीमा इन्ड्रोलमेन्ट भएपछी तिर्नेगरी पैसा बिनै युके पठाउन सक्छौ। युनिभर्सिटी छनोट गर्दा एसआई युकेले विश्वको टप युनिभर्सिटी छनोट गर्छ त्यसकारण हामिप्रती विद्यार्थी अभिभावकहरुको आकर्षण बढ्दो छ।”
अधिकारीले ब्याचलर्समा डिपेन्डेन्ट बन्द गरिदिए पनि अन्य माध्यामबाट डिपेन्डेन्ट लान युके सरकारले सहज गरिदिएको बताउँदै बिबिए कोर्स र मास्टर्स ईन रिसर्चमा डिपेन्डेन्ट लाने अप्सन रहेको जानकारी दिए।
२९ जुनमा गर्न लागेको मल्टी डेस्टिनेसन फेयरमा विदेश पढ्न किन जाने,हाई क्वालीटी एजुकेसन कसरी लिने, फेयरमा सहभागी युनिभर्सिटीहरुको शैक्षिक गुणस्तर, पिएसडब्लु बारे,
युनिको कोर्शबारे,भाषाबारे डकुमेन्टेसन, बैंक लोन स्कलरसीप आदिबारे युके क्यानडा, बेलायत दुबई युएसए, न्युजिल्यान्ड र आयरल्यान्डका चालीस भन्दा युनिभर्सिटीका प्रतिनिधिहरूवाट प्रत्यक्ष परामर्श लिउन भन्ने उद्देश्यले फेयर गर्न लागेको एसआई युकेका म्यानेजरले बताए।
फेयरमा टीसाईड युनिभर्सिटी,कार्डीफ युनिभर्सिटी, मेट्रोपोलिटन युनिभर्सिटी, सीईजी युनिभर्सिटी, रिजेन्ट कलेज लन्डन, युनिभर्सिटी अफ ईस्ट अन्जेलीया, अल्स्टर युनिभर्सिटी, कन्वेन्ट्री युनिभर्सिटी, स्वानसी युनिभर्सिटी क्विन युनिभर्सिटी, अन्जेलीया रस्किङ युनिभर्सिटी, युनिभर्सिटी अफ नर्थ एम्प्टम,रेजेन्ट ककेज दुबई, लगायतका कलेज तथा युनिभर्सिटीहरुको सहभागिता रहनेछ।