एसआई युकेको मल्टी डेस्टिनेसन एजुकेशन फेयर भोली
काठमाडौं – नेपालस्थित एसआई युके ग्लोबलले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई सहि परामर्श दिने उद्देश्यले मल्टी डेस्टिनेसन एजुकेसन फेयर गर्न लागेको छ।
भोली (सनिबार) एसआई युकेको पुतलीसडकमा रहेको आफ्नै कार्यालयमा युके, क्यानडा, बेलायत दुबई युएसए, न्युजिल्यान्ड, आयरल्यान्डका ४० भन्दाबढी यही असार १५ गते (june 29 ) मा युके, क्यानडा, अस्ट्रेलिया दुबई, आयरल्यान्ड र न्युजल्याण्ड लगाएतका चालीस भन्दाबढी विश्वविद्यालयहरुको प्रत्यक्ष सहभाहितामा विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई सहि परामर्श दिने उद्देश्यले फेयर गर्न लागेको हो।
नेपाली विद्यार्थीहरु वैदेशिक अध्ययन गर्न जान चाहने तर प्रोसेसिङ कसरी गर्ने, आफू अध्ययन गर्न जाने देश कस्तो देश हो, त्यहाँको शैक्षिक वातावरण कस्तो छ, आफू अध्ययन गर्न जान लागेको युनिभर्सिटीको रुल कस्तो छ, अध्ययन सकेपछि पोस्ट स्टडी वर्क अप्लाई कसरी गर्ने भन्नेबारे कन्फ्युजन देखियो र हामिले त्यसलाई पनि चिर्न र अर्को इन्टेकको तयारीलाईसमेत लक्षित गरि फेयर गर्न लागेको फेयर म्यानेजमेन्ट टिमले जनाएको छ ।
एसआई युकेले सनिबार गर्न लागेको मल्टी डेस्टिनेसन फेयरमा विदेश पढ्न किन जाने,हाई क्वालीटी एजुकेसन कसरी लिने, फेयरमा सहभागी युनिभर्सिटीहरुको शैक्षिक गुणस्तर, पिएसडब्लु बारे, युनिको कोर्शबारे,भाषाबारे डकुमेन्टेसन, बैंक लोन स्कलरसीप आदिबारे युके क्यानडा, बेलायत दुबई युएसए, न्युजिल्यान्ड र आयरल्यान्डका चालीस भन्दा युनिभर्सिटीका प्रतिनिधिहरूवाट प्रत्यक्ष परामर्श लिन पाउनेछन्।
फेयरमा टीसाईड युनिभर्सिटी,कार्डीफ युनिभर्सिटी, मेट्रोपोलिटन युनिभर्सिटी, सीईजी युनिभर्सिटी, रिजेन्ट कलेज लन्डन, युनिभर्सिटी अफ ईस्ट अन्जेलीया, अल्स्टर युनिभर्सिटी, कन्वेन्ट्री युनिभर्सिटी, स्वानसी युनिभर्सिटी क्विन युनिभर्सिटी, अन्जेलीया रस्किङ युनिभर्सिटी, युनिभर्सिटी अफ नर्थ एम्प्टम,रेजेन्ट ककेज दुबई, लगायतका कलेज तथा युनिभर्सिटीहरुको सहभागिता रहनेछ।
फेयर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने छ। फेयरमा अनलाइन मार्फत ४ सयभन्दा बढी विद्यार्थीहरुले सहभागिताको लागि आवेदन दिइसकेको एसआई युकेका बोर्ड अफ डिरेक्टर विनय अधिकारीले बताए।