नेपाल लाइफको दुई आर्थिक वर्षको साधारण सभा सम्पन्न

मंगलबार, १९ असार २०८१

काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई आर्थिक वर्षको साधारण सभा सम्पन्न भएको छ । कम्पनीले २३ औं र २४ ओं वार्षिक साधारण सभा मंगलबार एकैपटक वीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न गरेको हो  ।

सभाले आव २०७९र८० का लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्तापूँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) ले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह (क) का शेयरधनीबाट तीन जना सञ्चालक, सर्वसाधारण समूह (ख) का शेयरधनीका तर्फबाट तीन जना सञ्चालक तथा एक जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधनको विशेष प्रस्ताव पारित गरेको छ ।

साथै सभाले कम्पनी नियमावलीमा गरिने संशोधन माथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन÷परिमार्जन गर्नु परेमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

यसैगरी, सभाले आव २०७८र७९ र आव २०७९र८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७८र७९ र आव २०७९र८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पनि पारित गरेको छ ।

सभाले लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारितगरेको छ ।