प्रचण्डकाे दूत बनेर बूढानीलकण्ठ पुगे माधव नेपाल

बुधबार, २० असार २०८१

काठमाडौं – नेकपा (कीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पार्टीको १०औं महाधिवेशनको चटारोकाबीच नेपालले देउवासँग बुढानिलकण्ठमा पुगेर भेटवार्ता गरेका हुन् । देउवालाई भेट्न बुढानिलकण्ठमा जानुअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटेका थिए ।

एमाले र कांग्रेसकाबीच सत्ता साझेदारीका लागि नयाँ समीकरण बनेको थाहा पाएपछि प्रचण्डले  देउबालाई फोन मार्फत  भेट्न अनुरोध गरेका थिए तर देउवाले केपी जी संग सहमति भैसक्यो म ढाट्न जान्दिन अब सम्भव छैन भन्दै भेट्न अस्विकार गरेका थिए। त्यस लगतै मंगलबार साँझ माधवलाई प्रचण्डले भेट्न बोलाएर आफ्नो दुतको रुपमा देउवा भेट्न पठाएका थिए ।

हिजो (सोमबार) कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउनेबारे समझदारी भएको छ । यद्धपी दुवै दलले नयाँ सहमति सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री दाहाल, माधव नेपाल र देउवा वैकल्पिक गठबन्धनको लागि समेत छलफलमा रहेको चर्चा चलिरहेको बेलामा नेपालले दाहाल र देउवा दुवै नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । देउवासँगको भेटवार्ता सकारात्मक रहेको माधव नेपालले आफूनिकट नेताहरुसँग ब्रिफिङ गरेका छन् ।

एमालेले पनि कांग्रेससँग सरकारमा सहकार्यको लागि सहमति गरिसकेको अवस्थामा पनि आफ्ना मन्त्रीहरु फिर्ता बोलाउन सकेको छैन् । सचिवालयको बैठकमार्फत एमालेले प्रधानमन्त्री दाहाललाई २४ घण्टाभित्र मार्गप्रशस्त गर्न आग्रह गरेको छ । प्रधानमन्त्री दाहालले ओलीसँग आफू संवैधानिक प्रक्रियाअनुसार नै अघि बढ्ने र राजीनामा नदिने अडान सुनाइसकेका छन् । यस्तोमा प्रधानमन्त्री दाहालले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।