झलनाथ खनालसंग नमजाले रिसाइन् रामकुमारी झाँक्री
काठमाडौँ – नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पदाधिकारी र केन्द्रीय सदस्यसमेत सर्वसम्मत भयो भनेर सार्वजनिक भएको विषयप्रति झलनाथ खनालसंग नमजाले रिसाएकी छिन् ।
उनले अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललमाथि प्रश्न राख्दै यसरी सर्वसम्मत भयो भनेर प्रतिनिधिलाई घर पठाएको भन्दै आक्रोस पोखेकी छिन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, “अध्यक्ष र महासचिवको सर्वसम्मत गर्न मसमेतको प्रयास सफल भएको हो तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मत सर्वसम्म भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्याण्डेट कसले दियो ? को पदाधिकारी,को सदस्य खै त खनाल कमरेड ?