केपी ओलीका ब्यक्तिगत सुरक्षा अधिकृतको रहस्यमय मृत्यु

शनिबार, २३ असार २०८१

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित घरमा सुतेका उनको गएराति मृत्यु भएको हो ।

उनी सशस्त्र प्रहरी बलका इन्स्पेक्टर हुन् । उनी बेहोस भएपछि परिवारले अस्पतालमा लगेका थिए । उपचारको क्रममा उनको भक्तपुर अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले बताए । उनलाई हृदयघात भएको आशंका गरिएको छ ।

घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान शुरु गरेको छ । उनको शव पोष्टमार्टम गरेर शनिवार नै दाहसंस्कार गरिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।