एमाले सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित

मंगलबार, २६ असार २०८१

काठमाडौं – आजका लागि डाकिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि पार्टी मूख्यालय च्यासलमा डाकिएको बैठक प्रतिनिधि सभा बैठक र आवश्यक तयारी नपुगेका कारण स्थगित भएको एमालेले जनाएको छ । आज स्थगित बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।