एनसीसी युथ को अर्डिनेटरमा कुसियैतद्वारा उम्मेदवारी घोषणा
अमेरिका । आगामी मे १८ र १९ मा हुन गइरहेको गैरआवासीय संघ (एनआरएन) एनसीसीको युथ को अर्डिनेटर पदमा युवा व्यवसायी प्रितम कुसियैतले उम्मेदवारी दर्ता गरेका छन् ।
अमेरिकामा लामो समयदेखि टेक्नोलोजी व्यापारमा संलग्न रहेका उनले युवा व्यवसायी र युवा टेक्नोक्र्याटलाई एनआरएन अभियानमा संलग्न गराउने र युवा प्राज्ञिक व्यक्तित्वलाई समेत एकाकार गराउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।
युथको अर्डिनेटरका प्रत्याशी कुसियतले अमेरिकाभर छरिएर रहेका युवा वर्गमा रहेको प्राज्ञिकता र व्यवसायिकतालाई जोड्न एनआरएनले अभियान थाल्ने बताए ।
‘उनले युवा वर्गको टेक्नोलोजी व्यावसाय र प्राज्ञिक क्षमतालाई विकास र विस्तार गर्नु आफ्नो योजना रहेको बताए ।
उनले अमेरिकी ठुला टेक इन्डष्ट्रिजसँगको सहकार्यमा युवा वर्गलाई अगडि बढाउने उल्लेख गर्दै भने– म विगत एक दशकदेखि आफ्नै सफ्टवयेर कम्पनीमार्फत विलियन डलरका अमेरिकी कम्पनीसँग सहकर्य गरिरहेको छु र यसलाई एनआरएनमार्फत युवा वर्गमा जोडन चाहन्छु ।
उनी अमेरिकामा व्यवसायको साथै नेपालीबीच सामाजिक अभियन्ताको रुपमा समेत क्रियाशिल छन् ।