राष्ट्रका लागि फलदायी होस् भन्ने चाहनाले काम गर्नुपर्छ : कार्यालय प्रमुख शाह
रौतहट – पूर्वाधार विकास कार्यालय गौरका कार्यालय प्रमुख सञ्जिव कुमार शाहले राष्ट्रका लागि फलदायी होस् भन्ने चाहनाले काम गर्नुपर्ने धारणा राखेका छन् । पत्रकार प्रेमचन्द्र झासँग कुरा गर्दै प्रमुख शाहले अहिलेको मिहिनेत जिल्लाको लागि, मधेस प्रदेशका लागि र यो राष्ट्रका लागि फलदायी होस् भन्ने चाहनाले गर्नुपर्ने धारणा राखेका हुन् । प्रस्तुत छ कार्यालय प्रमुख शाहसँग रौतहटमा पूर्वाधार विकास, विकास निर्माणका कामहरु र योजनाका बारेमा गरिएको कुराकानीको सम्पादित अंश ।
जिल्लामा सञ्चालित योजना कसरी आगाडि बढेका छन ?
पूर्वाधार विकास कार्यालयबाट सञ्चालन हुने सम्पूर्ण आयोजनाहरु यस जिल्लामा अठार वटा स्थानीय तहहरु रहेका छन् । लगभग सम्पूर्ण स्थानीय तहमा, सम्पूर्ण प्रदेशसभा निर्वाचन क्षेत्रमा योजना वितरणको अनुपात समान्य रहेको छ । आयोजना अनुगमन गर्दा मैले के पाए भने गुणस्तर र परिमाण सबै उपभोक्त समिति, सबै सरोकारबाला, उपभोक्ता समिति र सबै स्थानीय तह सजग छन् । क्वालिटी र क्वानटिटी मेनटेनस गर्नु भनिरहदा उहाँहरु स्वयं सजग रहेको पाएँ । योजना लक्षय अनुरुप बढेको पाएँ ।
जिल्लामा योजनाका काम कसरी आगाडि बढेको छ ?
बहुवर्षिय योजना सालवसाली योजना असामरभित्र सक्ने योजना बढि छन् । भौतिक पुर्वाधार विकास मन्त्रालयबाट अख्तियारी प्राप्त हुन समय लागे पनि प्राप्त सबै योजनाका काम समयमा सम्पन्न गराउन यस कार्यालयका सबै साथीहरु दिन रात लागेर काम गरिरहेका छन् । दिउँसो अफिस र फिल्डमा खटिने र राति आफ्नो कोठामासमेत काम गरेर रिपोर्ट बनाउनु हुन्छ । हामी सम्झौता गर्ने वेलामा नै टाईम सेडुल बनाएर दिएका हुन्छौँ । त्यसकै आधारमा काम आगाडि बढेका छन् । ‘प्लानिङ्ग वे’मा योजनाका काम सिध्याउन लागि रहेका हुन्छौँ ।
आयोजनाको गुणस्तरियता कायम गराउन के विधि प्रकृया अपनाउनु हुन्छ ?
गुणस्तरिय बनाउनका लागि हामीले निर्माणका चरणमा ल्याव टेस्ट गर्दछौं । ल्याव टेस्टमा गुणस्तरिय नभएपछि आयोजनाको भुक्तानी तथा निर्माण लगायत सम्पूर्ण प्रकृया रोक्का राख्ने गर्दछौं । आयोजनाको गुणस्तरियताको सुनिश्चितता गरिसके पछि भुक्तानीको प्रकृयामा जान्छ । ल्याव टेस्ट भई सकेको अवस्थामा पनि आफैले ल्याव टेस्टको उपर आयोजना स्थलमा लागि परिक्षण गर्ने गरेको छु । बहुवर्षिय आयोजनाको हकमा एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तरगत एउटा आयोनाबाहेक लगभग लगभग सबै सम्पन्न भई सकेका छन् । एउटा आयोजना विवादका कारण विलम्ब हुन गएका छ । त्यसमा पनि पचासी प्रतिशत काम सम्पन्न भई सकेका छन् ।
रौतहटको सडक संजालमा पुर्वाधार विकास कार्यालयबाट निर्माण भएका सडकहरुको कस्तो योगदान छ ?
सबै स्थानीय तहहरुमा साईट हेर्न जाने क्रममा पूर्वाधारहरुको उपलब्धता मैले राम्रो पाए । प्रदेश सरकारले गरेको आयोजनामा एक निर्वाचन क्षेत्र एक सडक लोकप्रिय कार्यक्रम रहेको छ । त्यस अन्तरगत रौतहटमा सडक बनीसकेका कारण अन्य जिल्लाका तुलनामा हामी आगाडि छौं । त्यसको लागि म रौतहट जिल्लावासीलाई म धन्यवाद दिन चाहन्छु । आर्थिक वर्ष २०८१÷०८२ देखि एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम फेरी रहेका छन् । त्यस अन्तरगत मधेस प्रदेशमा तीन सय बीस किलोमिटर सडक निर्माण हुने छ । यस जिल्लामा प्रत्येक क्षेत्रमा पाँच–पाँच किलोमिटर सडक स्वीकृत भएको छ । प्रत्येक आयोजनाको लागि प्रदेश सरकारले तीन–तीन करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । त्यसको ठेक्का पट्टाभई निमार्ण कार्य आगाडि बढने छ । सडक पूर्वाधारको कुरा गर्दा सडक सञ्जाल आर्थिक सामाजिक विकासको लाईफलाईन रहेको छ । सडकसँंग आय–आर्जन सामाजिक सम्बन्ध विकासका अरु सूचाङ्कहरु भौतिक पूर्वाधारसँग सम्बन्धित रहेकोले यसमा मधेस सरकारले बढी गम्भीर भई जोड दिएका छन् । एक निर्वाचन क्षेत्र एक सडक, एक निर्वाचन क्षेत्र एक पुल कार्यक्रम, प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम, मधेस सहिद लोकमार्ग, प्रदेस सहायक लोकमार्ग जस्ता नामले आयोजनाहरु आगामी आर्थिक वर्षदेखि सञ्चालनमा हुने छन् । जस अन्तरगत स्तरीय सडक निर्माण भई जिल्लाका सडक सञ्जालमा थप टेवा पुग्ने छन् ।
जिल्लामा निर्माण भएको र भईरहेको सडकको स्तरियताको बारेमा के भन्नु हुन्छ ?
नेपालको सविधानले स्विकार गरेको तीन तहको सरकारको सहकार्य, समन्वय र सहअस्तित्वको सिधान्तमा चल्ने भनी परिकल्पना गरेको बुझिन्छ । जस अनुरुप चल्ने कुन काम, कसले गर्ने, कुन सडक कसले गर्ने ? यस्तो प्रश्न आम जनमानसमा हुनु स्वभाविक हो । यसमा मधेस प्रदेश सरकार सजग भएर भौतिक पूर्वाधार विकास मन्त्रालय, जो सडकको विशेष जिम्मेवारी लिएको मन्त्रालय हो । जसबाट प्रादेशिक सडक सुधार गुरुयोजना स्वीकृत भएको छ । यसलाई बैधता दिन भौतिक विकास मन्त्रालय लागेको छ । जुन स्तर हुनु पर्ने हो, त्यो यहाँको सडकमा हेर्न पाईदैन । हामी सरोकारवालाले स्तरीय सडकका लागि मन्त्रालयलाई पटक पटक पूर्वाधार कार्यालय रौतहटले पत्राचार गरेको छ । प्रदेस सरकारले गर्ने आयोजनाहरु प्रदेशले तोकेको मापदण्डअनुसार हुनुपर्दछ । यसमा प्रदेश सरकारले एउटा ऐन पनि बनाएको छ । प्रदेश सडक ऐन २०७६ । प्रादेशिक सडक कस्तो हुने, कुन सडकलाई प्रादेशिक सडक मान्ने ? लगायतका सकडका सबै क्राईटेरिया बनिसकेको छ । यो क्राईटेरिया अनुसार नै प्रादेशिक सडक सञ्जाल गुरुयोजना स्विकृत भएको छ । अब आउने बर्षहरुमा यहि क्राईटेरिया अनुसार सडक छनौट गरि प्रदेश सडक निर्माणमा लागि अझै व्यवस्थित सडक निर्माण हुनेछ भनी आश गरेको छु ।
जनता आवास तथा महेन्द्र नारायण निधि आवास आयोजना यस जिल्लामा कसरी आगाडि बढि रहेका छन ?
विगतमा प्रदेश भवन तथा शहरी विकास कार्यालयले पुर्वाधार विकास अन्तरगत कै शहरी विकास तथा भवन कार्यालयबाट जनता आवास र महेन्द्र नारायण निधि आवास कार्यक्रमको नामले दलित, गरिब, जनजाति, पिछडिएको समुदायहरुको लागि अवास निर्माण कार्यहरु भईरहेका थिए । यो आर्थिक वर्षमा मधेस प्रदेश सरकारको निर्णय अनुसार हाम्रो यसै कार्यालयमा त्यो कार्यालाय मर्जभई सकेको हुदा यो कार्यालयले जनता आवास तथा महेन्द्र निधि आवासमा कार्य थालनी गरेको छ । हाल यो वर्ष जनता आवास कार्यक्रममा ५० लाख रुपैया मात्र विनियोजन भएकोले तीन करोड पचास लाख दायित्व सृजना गरि सकेको हुदा अहिले जनता आवासको निर्माण गरि सकेको आवासलाई भुक्तानी गर्न हामीलाई समस्या भएको छ । पटक पटक हामीले मन्त्रालयलाई अनुरोध गरेका छौँ । तर संघिय ससर्त आयोजना भएकोले थप गर्न सकिएन । अब नयाँ आर्थिक बर्षमा यसमा तीन करोड चालिस लाख रुपैयाँ थप आएको छ । यसबाट समस्या सामाधान हुने छ । महेन्द्र नारायण निधि आवास कार्यक्रम अन्तरगत पनि यो जिल्लाका लागि एक करोड रुपैयाँ आएको छ । मधेस सरकारले दलित जनजातिका लागि एउटा थप नयाँ कार्यक्रम ल्याएकोमा धन्यवाद दिनु पर्दछ । मदन भण्डारी आवास कार्यक्रमका लागि एक करोड बजेट विनियोजन भएको देखिन्छ । यस अन्तरगत पनि आवास नभएको परिवारको आवास निर्माण गर्ने लक्ष्य लिएका छौँ ।
काम भई रहेका आयोजनाको स्तरियताको सम्बन्धमा केही भन्नु छ ?
पूर्वाधार विकास कार्यालयबाट दुईबटा उद्येश्य राखेर काम भईरहेका छन् । त्यो उद्येश्य मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रालयले राखेका उद्येश्य नै हो । उद्येश्य के हो भने स्थानीय तहबाट हुन नसकेका आयोजनाहरु सम्पन्न गरिदिने र अर्काे प्रदेश स्तरिय आयोजनाहरु दुई पालिकाको बिचमा पर्ने वा जोडने आयोजनहरु, ठुल्ला ठुल्ला आयोजनाहरु दुई वा दुई भन्दा बढि स्थानीय तहलाई जोडने सडक, जिल्ला सदर मुकाम जोडने सडकहरू, यस्ता आयोजनाहरु प्रदेस सरकारबाट सञ्चालन हुँदै आएको छ । गाउँपालिका, नगरपालिकाले गरिरहेको विकास काममा थप टेवा पुग्नेगरी रहेको काममा स्थानीय मापदण्ड अनुसार काम गरिरहेका छौँ । त्यसबाहेक प्रादेशिक रुपमा काम गरिरहेका सडकहरू तथा भवन सम्बन्धि कामहरू हामीले प्रदेशको सडकको मापदण्ड तथा अन्य मापदन्डहरु प्रदेशका सर्कुलरबाट आएका मापदण्डलाई अवलम्बन गर्दै काम गरिरहेको छु । मधेस प्रदेश सरकारले पुर्वाधार विकास निर्देशनालय स्थापना गरेको छ । निर्देशनालयले सबैको मापदण्ड बनाउने चरणमा छ । मापदन्ड यसका क्राईटेरिया निर्धारण भईसकेपछि पूर्वाधार विकास कार्यालयबाट त्यो स्तरियता पक्कै मेन्टेन हुनेछ ।

यहाँ दरबन्दी अनुसारको कर्मचारी छन ?
राम्रो प्रश्न गर्नुभएको छ । यहाँ दरबन्दी अनुसारको कर्मचारी छैन् । तर हामीले सम्पादन गर्नु पर्ने काम पुग्ने जति कर्मचारी पर्याप्त छन् । टुक्रे आयोजना कम भई दिएको भए झन् सहज हुने थियो । दक्ष प्राविधिक बढि प्रयोग गर्न पाउँदा राम्रो हुन्थ्यो । योजना बढि भएपछि उपभोक्ता समिति मार्फत काम हुने भएपछि विवाद हुने सम्भावना बढेर जान्छन् । विवाद सामाधान गर्नेतर्फ पनि बढि समय खर्च गर्नुपर्ने हुन्छ । दक्ष प्राविधिकलाई यसरी समयको अभाव हुन जान छन् । अर्काे आर्थिक वर्षको अन्त तिर काम गर्ने परिपाटीको कारणले पनि एकै पटक सबै योजना सम्पन्न गर्ने कार्य बोझ आएको हुनाले पनि वर्क लोड बढेर जान्छ । आर्थिक वर्षको सुरुआतदेखि नै कार्यको तयारी खरिद योजनाहरुको स्वीकृति, समयमा निर्माणकार्यलाई सम्झौता गर्ने वा ठेक्कामा लगाउने काम गर्ने हो भने हामीसँग प्रयाप्त जनशक्ति कमी रहेको जस्तो लाग्दछ ।
रौतहटको जनप्रतिनिधिको विकासप्रति चाहना कस्तो छ ?
रौतहट जिल्लामा आएको एक महिना जति भयो । म आएको त्यस बेला विकास निर्माणका काम आगाडि बढि सकेको थियो । विकास निर्माणकार्यप्रति, सबैको चाहना भएपछि विवाद स्भाविक नै थियो । रौतहट जिल्लाका राम्रो पक्ष मैले के पाए भने यहाँका सबै जसो जनप्रतिनिधिहरु विकास गर्न लालायित छन् । कति छिटो आफनो ठाउँलाई राम्रो बनाई दिउ स्तरउन्नति गरौं । आम जनताको आय आर्जन वृद्वि गरौ पूर्वाधारहरुको गुणस्तरिय निर्माण गरिदिउँ भनि चाहना मैले पाएँ । त्यसपछि सुरक्षा संयत्रहरु प्रमुख जिल्ला अधिकारी, उहाँलाई मैले जनता अवासको तालाबन्दी भएको बेलामा एक पटक मात्र फोन गर्दा खेरी मलाई पटक–पटक फोन गरि समस्या सामाधान गर्न लगातार तीन दिन समय दिनुभयो । समस्या सामाधान भई ताल्चा खुल्यो । सुरक्षा सबै सरहरु सिरियस हुनुहुन्छ । सबै जनाले मलाई सहयोग गर्नु भएको छ । कुनै विवाद भएको बेलामा यहाँका स्थानीय व्यक्तिले मलाई सहयोग गर्नुभएको छ । समस्या समाधान भई विकास होस् । विकासमा कोही राजनीति नगरुन । चाहना जनप्रतिनिधि भएको हुदां असल हुन भने मैले पाए ।
जिल्लामा सञ्चालनमा रहेका योजनाबारे के भन्न चाहनुहुन्छ ?
हामीले गर्ने विकासका काम सडक र भवनसँग सम्बन्धित छ । हामीले हाम्रो मन्त्रालयको उद्येश्य प्रदेश सरकारको नीति अनुसार जिल्लागत रुपमा काम गर्ने हुन्छ । हामीले प्रदेश सरकारको उद्येश्य अनुरुप नै सबै आयोजनाहरु विपद जोखिम न्युनिकरण, वातावरण मैत्री, लैंगिक मैत्री, सस्टनेवल डेवलपमेन्ट गोलमा टेवा पुग्ने, सामाजिक आर्थिक विकासमा पूर्वाधार बनाउने दलित पिछडिएका जनताहरुको आवास बनाउने, मठ मन्दिर लगायतका भवनहरु बनाउने । यस्ता सामाजिक र आर्थिक विकासको पूर्वाधार बनाउने कार्यमा हामी लागेका हौं । हाम्रो मधेस प्रदेसका लागि जुन कम विकसित ठाउँ छन्, यसको लागि यो पूर्वाधारका कामहरु पक्कै नै ठूलो महत्त्वपूर्ण हुने महसुस गरेको छु । यहाँ काम गर्दै जादा मैले व्यक्तिगत रुपमा के महसुस गरेको छु भने यहाँका सबै जनाले मलाई सहयोग गर्नु भएको छ । एक महिनामा यति सहयोग हुन्छ भने मैले अपेक्षा गरेको थिएन । यसमा सबै कर्मचारी साथीहरूले सहयोग गर्नुभएको छ । सबैकाम समयमा सम्पन्न गर्नुभएको छ । सेवाग्राही तथा विकास कार्यसँग सम्बन्धित उपभोक्ता तथा जनप्रतिनिधिहरु सबैलाई सन्तुष्टि हुने गरि यहाँ काम भई रहेको छ । यस कार्यालयबाट प्लानिङ वे– मा काम अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु । समस्या सामाधान हुने खालका सकारात्मक दिशामा काम रिजल्ट दिने तरिकाले सञ्चालन, भरहेका पूर्वाधारलाई मर्मतगरि सञ्चालनमा ल्याई लाभ हुने वातावरण बनाउने प्रतिवद्वता व्यक्त गर्न चाहन्छु ।
अन्तमा के सन्देश दिन चाहनु हुन्छ ?
यहाँको मिडियामार्फत मलाई सुनीदिने सबैलाई विकासको काममा हामी सकारात्मक भएर लाग्नु पर्छ । आजको विकास भोलीको उत्पादन दिने अथवा आउने सन्ततिका लागि प्रयोग हुने खालका विकास हामीले गर्नुपर्दछ । आज हुने मिहिनेत जिल्लाको लागि, मधेस प्रदेशका लागि, यो राष्ट्रका लागि फलदायी होस् भन्ने चाहनाले हामी काम आगाडि बढ्नुपर्छ र रौतहट जिल्लालाई अन्य जिल्लाका तुलनामा हामी सबै मिलेर बढि काम गरौंं । बढि विकास होस । समय मै स्तरिय र गुणस्तरिय निर्माणकार्य सम्पन्न होस् यसकालागि सबैको सहयोग आवश्यक हुन्छ । सबैले सहयोग गर्नुहुने छ भने यहाँमार्फत सबैमा अनुरोध गर्दछु ।