पर्वते चेली कल्पित मिनु कार्किले पाईन सर्वोत्कृष्ट लेखकको उपाधि

बिहिबार, २८ असार २०८१

पोखरा – धौलागिरी राष्ट्रिय संगीत तथा फिल्म अवार्ड मार्फत सर्वोत्कृष्ट भिडियो स्क्रिप्ट लेखन बिधाबाट पर्वते चेलि कल्पित मिनु कार्किले अवार्ड जित्न सफल भएकी छिन्।

पर्वत जिल्ला, फलेबास नगरपालिका, थापाठाना गाविस, वडा नम्बर ड खनारमा जन्मिएकि कार्कि एक दशक यता बुटवलमा बसेर अभिनय, लेखन तथा निर्देशनको भूमिकामा संघर्ष गर्दै आएकि कार्कीले लोकदोहोरी विधाका आधा दर्जन एल्बममा समेत आफ्नो स्वर ,शब्द भरेकी छिन् ।

करिब २०० भन्दा बढी लघु चलचित्र, टेलिसिरियलमा अभिनय लेखन तथा निर्देशनमा काम गरी निखारिएकी कलाकार मिनु भन्छिन,’हरेक ठाउँमा आफ्नो कला र क्षमता भएर मात्रै कहाँ हुदो रहेछ र राजनिती हेरिन्छ आफ्नो मान्छे हेरिन्छ पछिल्लो समय त झन भाइरल कलाकार लाई धेरै हेरिएको छ ।

दुःखको कुरा, कला र गलाको मात्र सम्मान नहुँदो रगते हेछ। म आफ्नो कर्म र सङ्घर्ष गरिरहेकी छु। फुल्नु जीवन हो भने, फक्रनु संघर्ष हो, जिन्दगी फक्राउनु छ भने संघर्ष त गर्नैपर्छ। र संघर्षसँग नै वर्तमान अल्झिरहेको छ। गन्तव्य खोजी गर्न भौतारी रहेको सपनाको भोकले खै कहाँसम्म पुर्‍याउँछ त्यो त थाहा छैन तर पनि यो क्षेत्रमा म अझै कसिएर लाग्नेछु, एक दशकको संघर्ष पछि मात्रै आज यो अवार्ड लिन पाउँदा अत्यन्तै खुसी छु।’

उनले भनिन,’ मेरो कला र क्षमता को कदर गरि निष्पक्ष रुपमा यो पुरस्कार को लागि योग्य ठानेर पुरस्कृत गरिदिएकोमा आयोजक सस्था उपमा सञ्चार प्रा।लि का अध्यक्ष आदरणीय दीज्यु आशा गौतम ज्युप्रती खै कुन शब्द ले प्रसंसा गरु जहाँ कि एउटा नारीले यस्तो बिशाल कार्यक्रम गरि अग्रज देखि अनुज सम्मका कलाकार लाई सम्मान गर्न सफल हुनु भयो।’

असार ८ गते बाग्लुङ बजारस्थित क्षेत्री समाजको भवन हलमा सम्पन्न  अवार्ड कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री  खगराज अधिकारीको अतिथ्यतामा रहेको थियो । कार्यक्रममा, चर्चित कलाकार रेशम सापकोटा, प्रल्हाद सुवेदी, सन्तोष आचार्य,बसन्त केसी, निर्मल पौडेल , मायादेवी गुरुङ , रामशरण पाण्डे लगायतको उपस्थिति रहेको थियो ।