पूर्व श्रीमानसँग मिलेर श्रीमतिले गरिन् श्रीमान्को हत्या

आइतबार, २० साउन २०८१

काठमाडौं – काठमाडौंको कालोपुलमा एक युवकको हत्या भएको छ । ओखलढुंगाको लिखु–९ का २० वर्षीय प्रेम महत दर्जीको घाँटीमा सलले कसेर हत्या भएको काठमाडौं प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीका अनुसार प्रेम ओखलढुंगाकै २४ वर्षीय उषा नेपालीसँग विगत एक महिनादेखि श्रीमान–श्रीमतीको रुपमा बस्दै आएका थिए । प्रहरीले प्रेमको हत्या गरेको अभियोगमा उषा र ओखलढुंगाकै २७ वर्षीय मदन रम्तेललाई पक्राउ परेको छ ।

प्रारम्भिक अनुसन्धानमा मदन, उषाका पूर्वश्रीमान रहेको पाइएको छ । एसपी अधिकारीले प्रारम्भिक अनुसन्धानमा उषा र मदन मिलेर प्रेमको हत्या भएको पाइएको बताए । ‘हामी अनुसन्धान गरिरहेका छौँ । अहिले हेर्दा दुई जना मिलेर हत्या गरेजस्तो देखिन्छ’, उनले भने ।