पूर्वमन्त्री महतोको घुस काण्ड : छानविन समितिले निकाल्यो अर्कै निश्कर्ष

सोमबार, २८ साउन २०८१

काठमाडौं – आफ्ना छोराको समकक्षताका लागि घुस दिनुपरेको भन्ने जनता समाजवादी पार्टी (जसपा) का सांसद वीरेन्द्र महतोको आरोप झुटो भएको छानबिन समितिले निष्कर्ष निकालेको छ। सांसद महतोले संसदको रोष्टमबाटै छोराको समकक्षता लिँदा घुस खुवाएपछि मात्रै काम बनेको भन्दै बोलेका थिए।

उनले सोही कुरा बोलेसँगै सदन र बाहिर यो कुराले निकै चर्चा पाएको थियो। यस विषयमा उक्त शाखामा काम गर्ने कर्मचारीको सरुवासमेत गरिएको थियो।तर, मन्त्रालयबाट छानबिनका लागि बनाइएको समितिले भने सांसदले लगाएको उक्त आरोप झुटो भएको निष्कर्ष निकालेको छ।

सांसद महतोले गृहमन्त्री रमेश लेखकसँग आफूले सहयोगी मार्फत घुस रकम बुझाएको बताएका थिए। यद्यपि,रोष्टममा र गृहमन्त्री लेखकसँग उनले दिएको अभिव्यक्ति फरक(फरक थियो।