अर्थ समिति बैठकमा स्वर्णिम वाग्लेले राखे कसुर गर्नेलाई थला पार्ने गज्जबको प्रस्ताव

आइतबार, ९ भाद्र २०८१

काठमाडौँ – बैङ्किङ कसुर तथा सजाय सम्बन्धी ऐन संशोधन गर्दा नगद कारबाहीलाई प्राथमिकता दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सुझाव दिएका छन् ।

आइतबार संसदीय समिति अन्तरगतको अर्थ समितिमा बैङ्किङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन) २०८० को दफावार छलफलमा बोल्दै वाग्लेले भौतिक कारबाही भन्दा नगद कारबाहीमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका हुन् ।

‘हाम्रोमा कसैले गल्ती गर्‍यो कि ठोकिहालौँ जेलमा कोचिहालौँ भन्ने मनस्थितिले काम गरेको देखिन्छ । तर, भौतिक कारबाही भन्दा नगद कारबाही ज्यादा प्रभावकारी हुन्छ वाग्लेले भने, ‘सहनै नसक्ने, अर्को पटक गल्ती नै गर्न आट नगर्ने गरी ठुलो परिणाममा नगद फाइनको व्यवस्था गरौँन ।’

अन्तर्राष्ट्रिय बजारमा समेत आर्थिक कसुरमा भौतिक कारबाही भन्दा नगद कारबाही नै गराउने हुँदा नेपालले पनि यही प्रणालीको विकास गर्नुपर्ने उनले बताए ।