नेकपा एसको निर्वाचन: रामकुमारी झाँक्रीसहित २ जनाको पर्यो महिला उपाध्यक्षमा उम्मेदवारी

मंगलबार, ११ भाद्र २०८१

काठमाडौं – नेकपा एकीकृत समाजवादीको महिला उपाध्क्षको लागि रामकुमारी झाँक्रीले उम्मेदवादी दर्ता गरेकी छिन्। रामकुमारीलाई सर्वसम्मत बनाउने पहल भएपनि अन्तिमसम्म जयन्तीदेवी राईले आफ्नो अडान नछोडेपछि रामकुमारी र राई दुबैले महिला उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका हुन्।  एकीकृत समाजवादीले  पादधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि आज निर्वाचन गर्दैछ ।

डेढ महिनाअघि अध्यक्ष र महासचिव सर्वसम्मत गरेको नेकपा एसले पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भने निर्वाचन गर्न लागेको हो ।

विभिन्न पदहरुको मनोनयन सकिएको छ । एक वरिष्ठ उपाध्यक्षका लागि राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी परेको छ । त्यसैगरी मधेशी समुदायको उपाध्यक्षका लागि धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ ।

४ खुल्ला उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । ४ उपमहासचिव पदका लागि लक्ष्मण केसी लगायत २० जनाको उम्मेदवारी परेको छ ।