एमाले बैठकमा प्रचण्डबारे ओलीको डरलाग्दो ब्रिफिङ
काठमाडौं – सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोलिट ब्युरो बैठकमा प्रचण्डबारे डरलाग्दो ब्रिफिङ गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पोलिट ब्युरो बैठकमा देशमा भाँडभैलो मच्चाउने खेलमा लागेको भन्ने डरलाग्दो ब्रिफिङ गरेका हुन्।
पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकले सत्ताबाट बाहिरिनुपर्दाको पीडा ताजा भएकाले प्रचण्ड आक्रोशित हुने स्वाभाविक भएको निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उनले भने, ‘प्रचण्ड सत्ताबाट बाहिरिनुभएको छ, विगत ९ वर्षदेखि सरकारमा भएको र एक्कासि बाहिरिनुपरेको पीडा, आक्रोश उत्तेजना पोख्नुभएको छ । उहाँले उठाएको विषयमा बैठकमा अध्यक्षले ध्यानाकर्षण गराउनुभएको छ ।’बैठकमा प्रधानमन्त्री ओलीले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा भएको नाराबाजीबारे जानकारी गराउँदै समाजमा बढेको अराजकताको ब्रिफिङ गरेको बताए । उनले भने, ‘उहाँले समाजमा बढेको अराजकता र सरकारको कामबारे ब्रिफिङ गराउनुभएको छ । त्यसबारे भोलि बैठक सकिएपछि हामीले त्यसमा पार्टीको धारणा ल्याउँछौं ।’
बैठकमा ब्रिफिङ गर्दै ओलीले प्रचण्ड देशमा भाँडभैलो मच्चाउने खेलमा लागेको भन्दै सफल हुन नदिने बताए ।