प्रधानमन्त्री ओलीका कारण दीक्षान्त समारोह स्थगित

आइतबार, २३ भाद्र २०८१

काठमाडौं -कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनिएको प्रथम दीक्षान्त समारोह स्थगित भएको छ ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसक्ने भएपछि अन्तिम समयमा दीक्षान्त समारोह स्थगित भएको हो ।

आज स्थगित दीक्षान्त समारोह आगामी २८ कात्तिक बुधबारका दिन हुने भएको छ ।प्रतिष्ठानले पहिलोपटक दीक्षान्त समारोह आयोजना गर्न लागेको हो । स्थापना भएको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको प्रतिष्ठानका उपकुलपति डा.  मङ्गल रावलले जानकारी दिए ।