कांंग्रेस भित्र सहमतीको अन्तिम अश्त्र डा. शेखर
नेपाली कांग्रेसमा विशेष अधिवेशन पछी कांग्रेस भित्र संस्थापन र इतर समुहमा विभाजित भएका छन । विशेष अधिवेशन हुने परिस्थिति निर्माण भए देखीनै काग्रेसमा काग्रेस भित्र कलह देखिएको थियो त्यो कलह अधिवेशन पछी चरममा पुगेर पार्टी फुट्छ की भन्ने अवस्था पुगेको चर्चा स्वयं कांग्रेस भित्र हुने गरेको छ । संस्थापनले १५ औं महाधिवेशन गर्ने तिथि मीति जारी गरेपछी त्यस्लाइ रोक्न सर्वोच्च पुगेका इतर समुहको सर्वोच्च अदालतले अस्विकार गरे पछी इतर समुह अहिले संस्थापनलाइ केही दिन १५ औं महाअधिवेशन पर सार्न दवाव दिदै छन । यदी यस्तो भएन भने पार्टी फुट्नबाट कसैले रोक्न नसक्ने भनेर संस्थापनका केही नेताहरु भन्दै आएका छन । संस्थापन र इतर समुह भित्र केही नेताहरुको भाषा र शैली हेर्दा पाटी भित्र कांंग्रेसलाइ एक बनाउने भन्दा पनि कलह लाइ अरु भड्काउने रुपमा आएको देखिन्छ ।
डा. शेखर कोइराला कांंग्रेस को विशेष अधिवेशन पछी
संस्थापन र इतर समुहलाइ मिलाउन काग्रेस एक बनाउन मध्यस्थताको भुमिका निर्वाह गरेर संवाद हिनको अवस्थामा रहेको कांग्रेसलाइ संवादको स्थितिमा पुर्याएका छन, डा. शेखरले । पुर्व सभापति शेर बहादुर देउवा संग र विशेष अधिवेशन पछिका सभापति गगन थापा संग पनि संवाद गर्दै ५ वुदे प्रस्ताव संस्थापन समुहमा राखेका छन । पार्टी एक बनाउन आफु हदै सम्म तयार हुदै पाटी एक वनाउनकालागी आफुले केही त्याग गर्नु पर्छ भने गर्न तयार रहेको वताएका छन ।
अहिले इतर समुहबाट पुर्ण बाहादुर खडका र मध्यस्थताको भुमिका निर्वाह गरेका डा। शेखर कोइराला अन्तिम समयमा कांग्रेस मिलाउन सक्रिय रहेको देखिन्न्छ ।
पुनरावलोकनको फैसला अगाडीनै मिल्नु पर्छ
अहिले कांग्रेस भित्र गहिरो र जटिल समस्या छ । कांग्रेसमा अहिले रहेको विधमान अवस्था मै अदालतबाट पुनरावलोकनको फैसला भए कांग्रेस निश्चत रुपमा फुट्ने अवस्था छ । चाहे त्यो संस्थापन को पक्षमा होस या इतर समुहको पक्षमा फैसला होस र पनि फुट्छ , अहिले यो डर संस्थापनलाइ छ या छैन तर डा. शेखरलाइ त्यो डर छ र उनि फैसला पुर्व नै काग्रेस मिलाउनेमा प्रयत्नशिल छन र भन्ने गरेका छन “तपाइहरु ढुक्क हुनुस काग्रेश फुट्दैन “ इतर समुहलाइ त्यो डर पनि छ पार्टी फुटको दोष पनि दुवै छ । पुनरावलोकनको सर्वोच्चबाट फैसला आउनु पुर्व कांग्रेस एक वनाउन सके संथापन र इतर समुह दुबै एक ठाउमा आउन सक्छ्न र पन्धौं महाअधिवेशनमा सबैको सहभागिता हुदै सफलतापुर्वक सम्पन्न हुनेछ ।
अहिले ईतर समुहको आन्तरिक रणनीति भनेको संस्थापन समुह संग पुनरावलोकनको फैसला पुर्व संस्थापन संग वार्ता लम्व्याउदै कसरी सहमती गर्न सकिन्छ भन्ने प्रस्ताव राखी सहमतिको प्रयास गर्ने देखिन्छ र यसरी सहमती भए पश्चात संस्थापन भनिएको समुह पनि पुनरावलोकनको फैसला देउवा समुहमै भए पनि गगन समुहले अलग पाटी खोल्ने या पाटी छोडेर जाने सम्भावना नदेख्नु नै हो ।
र अर्को तिर संस्थापन समुहकै पक्षमा फैसला भएपनि फैसला पुर्व कांग्रेसमा संस्थापन र इतर समुहको सहमती भए अहिले भनिएको इतर समुह ले पनि अलग पार्टी खोल्ने सम्भावना देखिन्न्दैन । काग्रेसमा यही परिस्थिती वनाउन या सृर्जना गर्न डा. शेखर प्रयत्नशिल हुदै मध्यस्थताको पात्रको भुमिका निर्वाह गरिरहेका छन । कोइराला निवास जसले काग्रेसको इतिहास वोकेको छ, त्यो निवास अहिले कोइराला परिवार भित्रबाट डा. शेखरमा आइपुग्नु यौटा संयोग मात्रै हो भनेर बुज्दा डा. शेखरमा अन्याय हुनेछ । किनकी अहिले कांग्रेस एक बनाउन जुन सहमतीको प्रयास गरिरहेका छन ,त्यसले जरजर र कमजोर भएको कांग्रेसको वचाउने कोइराला परिवार भित्रबाट डा. शेखर नै हुनेदेखिन्छ ।