अर्थमन्त्री र गभर्नरसँग सहकारी छानबिन समितिको छलफल

आइतबार, २३ भाद्र २०८१

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठक बसिरहेको छ । सिंहदरबारमा जारी आइतबार बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समेत छलफलमा सहभागी छन् ।

त्यस्तै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी पनि छलफलमा सहभागी छन् ।

यसअघि समितिले सहकारीको रकम दुरुपयोगमा संलग्न भनिएका आरोपित, पीडित, सहकारी विज्ञ, गृहमन्त्री, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो ।

सरोकारवालासँगको छलफलपछि प्रतिवेदन लेखनमा जुटेको समितिले अर्थमन्त्री, गभर्नर लगायतसँग छलफल गरेको हो ।