मेरो सरकार, नेपाल सरकार कि श्री ५ को सरकार ? क–कसले के भने ?

शुक्रबार, २० बैशाख २०७६

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा सामाजिक सञ्जाल भने यसको विराध भएको छ । नीत तथा कार्यक्रमको विराध नभएर राष्ट्रपतिले प्रयोग गरेका शब्दले सामाजिक संजाल तरङगीत भएको छ ।

राष्ट्रपतिले आफ्नो सम्वोधनमा बारम्बार ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेपछि यसमाथि बहस भएको हो । यसबाट राजतन्त्रकालको झल्को आएको धेरैले टिप्पणी गरेका छन् । जानकारहरुले पनि यो अभ्यास लोकतन्त्रमा नभएको बताएका छन् ।

राजतन्त्रकालमा ‘श्री ५ को सरकार’ भन्ने गरिन्थ्यो । त्यसैले तत्कालीन श्री ५ अर्थात् राजाले यसलाई ‘मेरो सरकार’ भन्ने गर्थे । गणतन्त्र स्थापनापछि ‘श्री ५ को सरकार’ को ठाउँमा ‘नेपाल सरकार’ भन्न थालियो । त्यसपछि राष्ट्रपतिले सम्वोधन गर्दा ‘मेरो सरकार’ भन्ने गरेका थिएनन् ।

प्रथम राष्ट्रपति डा. रामवरण यादव र त्यसपछि विद्या भण्डारीले पनि अघिल्लो वर्षसम्म ‘यस सरकार, संघीय सरकार वा नेपाल सरकार’ भन्ने गरेका थिए । तर, यसपालीको नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले पहिलोपटक ‘मेरो सरकार’ भनेकी हुन् ।

नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन मात्र गर्ने हुन् । सबै मन्त्रालयहरुसँगको समन्वयमा प्रधानमन्त्री कार्यालयले यो भाषण फाइनल गर्छ । यसलाई क्याबिनेट वैठकबाट पारित गरेर राष्ट्रपतिलाई हस्तान्तरण गरिएको हुन्छ । यसको भाषागत सुद्दता हेर्ने अवसर राष्ट्रपति र उनको टिमसँग हुन्छ । त्यसैले राष्ट्रपतिको जानकारी बिना यो शब्द प्रयोग भयो भन्न मिल्दैन ।

सामाजिक संजालमा काँग्रेस प्रबत्ता विश्वप्रकास शर्माले जनताको सरकार हो की राष्ट्रिपतिको सरकारको हो भन्दै प्रश्न गरेका छन । उनले भनेका छन, सम्माननिय मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार  ? कुनै बेला `श्री ५ को´ सरकार थियोे, राजाले `मेरो सरकार´ भनेर सम्बोधन गर्थे l आज रास्ट्रपतिले उहि शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?

त्यस्तै, काँग्रेस नेता गगन थापाले पनि स्टाटस लेख्दै नेपाल सरकारको नीति तथा कार्यक्रम कहिले आउने हो भन्दै ब्यङ्या गरेका छन । उनले भनेका छन, ‘म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यूबाट महामहिम ज्यू को निजी सरकारको कार्यक्रमको पो घोषणा भैरहेको छ। प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’

अरु कसले के भने