राजदूत अनुमोदनमा दुई सांसदको फरक मत

बिहिबार, ३ असोज २०८१

काठमाडौँ – विभिन्न देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइबाट पारित निर्णयमा दुई जना सांसदले फरक मत राखेका छन् । १७ देशको राजदूतका लागि सरकारले सिफारिस गरेका नाममध्ये १६ देशका प्रस्तावित राजदूतको नाम समितिले बिहीबार अनुमोदन गरेको छ ।

त्यसमध्ये दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा कपिलमान श्रेष्ठ, इजरायलका धनप्रसाद पण्डित र मलेसियाका नेत्रप्रसाद तिम्सिनामा उच्च नैतिक चरित्र नभएकाले उनीहरूलाई राजदूतमा नियुक्त गर्न नहुने प्रस्ताव सांसद डोलप्रसाद अर्यालले राखेका थिए ।

त्यसैगरी अर्का सांसद प्रकाश अधिकारीले भारतका लागि राजदूतमा सिफारिस डा. शंकर शर्मा, दक्षिण अफ्रिकाका कपिलमान श्रेष्ठ, इजरायलका धनप्रसाद पण्डित नियुक्त हुन अयोग्य रहेको भन्दै फरक मत राखेका थिए ।

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन हुन बाँकी छ । समिति सभापति ईश्वरी न्यौपानेका अनुसार, श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको कागजात नपुगेकाले नाम अनुमोदन हुन नसकेको हो ।