एमाले नेताहरुले माओवादी जनयुद्धलाई अपमान गर्दा ओली परे अफ्टेरोमा, प्रचण्डले भने छोडिन्न

शनिबार, ५ असोज २०८१

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई हत्या, हिंसा भनेर एमालेका नेताहरूले दिएको अभिव्यक्ति फिर्ता नगेरसम्म आन्दोलन नछाड्ने चेतावनी दिएका छन्।

शहीद प्रतिष्ठानको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै जनयुद्धलाई हत्या, हिंसा भनेकोबारे एमालेका नेताहरू दिएको अभिव्यक्ति फिर्ता नलिए आन्दोलन नछाड्ने बताएका हुन्। उनले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले चालेको हरेक कदम असफल भएको दाबी गगर्दै आफूहरू बाहिरिए पनि जितेको महसुस गरिरहेको बताए।

उनले भने, ‘प्रतिनिधिसभामा हामी कमजोर छौँ तर माओवादी कमजोर होइनौँ, हाम्रो विरासत छ। सबै माओवादी एकै ठाउँ आउनुको विकल्प छैन, माओवादीको मर्म र मुद्दा त साझा छ। माओवादी जतिलाई एकीकृत हुने बित्तिकै ठूलो तागत हुनेवाला छ।’