यस्तो थियो विद्यार्थी ठग्न सिल्भरले गरेको सम्झौता

मंगलबार, १५ असोज २०८१

काठमाडौं – सिल्भर एजुकेशन फाउण्डेशनले नेपाली विद्यार्थी ठग्नका लागि कोरियाको एक कम्पनीसँग सम्झौता गरेको पाइएको छ । सिल्भरले कोरियाको कोरियन इन्टरनेशनल एजुकेशन कन्सल्टिङ कम्पनी (केआईईसीसी) सँग विद्यार्थी ठग्नका लागि सम्झौता गरेको पाइएको हो ।

सम्झौतामा केआईईसीसीसँग भएका विश्वविद्यालयमा सिल्भरले विद्यार्थी पठाउने र विद्यार्थी पठाएबापत सिल्भरले प्रतिविद्यार्थी २ सयदेखि ३ सय अमेरिकी डलर बुझाउनु पर्ने प्रावधान राखिएको छ । सम्झौतामा कोरियाका नेशनल विश्वविद्यालय र भेट कलेजमा विद्यार्थी पठाउँदा ३ सय डलर र प्राइभेट विश्वविद्यालयमा पठाउँदा २ सय अमेरिकी डलर बुझाउनु पर्ने उल्लेख छ ।

सिल्भरका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनालले गरेको हस्ताक्षरसहितको सम्झौतामा सिल्भरले अग्रीम पैसा बुझाउनु पर्ने उल्लेख छ । सन्तोषले यही सम्झौता अनुसार KNU विश्वविद्यालयमा पठाएका एक जना विद्यार्थीको पैसा नदिएपछि दुई संस्थाबिच विवाद उत्पन्न भएको थियो । त्यही विवादपछि मोटिभेट न्यूजले ‘सिल्भरका सन्तोषले ३ सय डलर पचाउन खोज्दा… शीर्षकमा समाचार लेखेको थियो ।

सम्झौतामा भने केआईईसीसीको तर्फबाट एमएच ली नाम लेखिएको छ तर हस्ताक्षर गरिएको छैन् । अर्को संस्थाको छाप पनि लगाइएको छैन । सिल्भरका सन्तोषले दिएको जानकारी अनुसार एमएच ली नाम गरेका कुनैपनि व्यक्ति उनको सम्पर्कमा आएका छैनन् । ‘यो सम्झौता एकलौटी छ । एकलौटी पनि काँही सम्झौता हुन्छ ।’, मोटिभेट न्यूजसँगको भेटमा सन्तोषले भने, ‘एम.एच ली भन्ने मान्छे होइन । यो त डमी नाम क्रियट गरेको हो ।’

सन्तोषले केआईईसीसी सक्सेस् हबका संचालक सन्दिप तिवारी, कोरियाको जेवियुका अफवेयर डिपार्टमेन्टमा काम गर्ने मुना ठकुरी मिलेर खोलेको बताए । उनले उनीहरुले सम्झौता अनुसारको पैसा व्यक्तिगत खातामा माग्न थालेपछि समस्या भएको बताए । ‘सम्झौता गरेपछि एउटा कम्पनीले अर्को कम्पनीलाई खातामा पैसा जम्मा गर्नुपर्ने हो । तर उनीहरुले व्यक्तिगत खातामा पैसा माग्न थाले ।’, उनले भने, ‘यसरी व्यक्तिगत खातामा पैसा माग्नु गैरकानुनी होइन र…’