‘जनप्रतिनिधि र कर्मचारीले नेपाली उत्पादनकै कपडा लगाउनुपर्ने व्यवस्था गरौं’

शुक्रबार, १८ असोज २०८१

काठमाडौं – राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अहिलेको व्यवस्थामा देश नबन्ने दाबी गरेका छन् । अन्तर्राष्ट्रियस्तरीय हस्तकला प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देश बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जानुपर्ने बताए।

उनले भने, ‘यही व्यवस्थाले देश बन्ने भए ३३ बर्षमा बनिसक्थ्यो। के फरक थियो ? आज राष्ट्रपतिको ठाउँमा हिजो राजा थिए त्यति फरक होइन। ०५६ सालमा जसरी नै हामीले भोट हाल्छौं होइन ? पहिला गाविस हुन्थ्यो अहिले गाउँपालिका फरक त्यही होइन ? नाम मात्रै परिवर्तन भयो।’

उनले जनप्रतिनिधि र सरकारी कर्मचारीले नेपाली उत्पादनकै कपडा लगाउनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरे। विदेशी उत्पादनले बजार ढाकिरहेका बेलामा ज्ञानेन्द्र यो बोलीले सबैको मन छोएको छ ।

पुरानो पार्टी नयाँ पुस्ता ज्ञानेन्द्रले बेलाबेलामा नयाँ नयाँ विचार दिएर तरङ्गी पार्ने गरेका छन् । यो विषयले पनि सरकारमा बस्नेहरुको छात्तिमा ढ्याङ्ग्रो ठोकेको छ ।