प्रधानमन्त्री ओलीको घडी सामाजिक संजालमा भाइरल, कति पर्छ मूल्य ?
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बायाँ हातको नाडीमा लगाएको घडी सामाजिक संजालमा भाइरल भएको छ।
समाजशास्त्री निर्मला ढकालले ओलीले बायाँ हातको नाडीमा लगाएको महँगो घडीबारे सामाजिक सञ्जालमा टिप्पणी गरेपछि भाइरल भएको हो । उनले प्रधानमन्त्री ओलीले लगाएको घडीको मूल्य २ लाख १५ हजार डलर पर्ने भन्दै लेखेकी छन् ।
उनले सामाजिक संजालमा लेखेकी छिन् , ‘२ लाख पन्ध्र हजार डलरको घडी भन्छ त । हुन त प्रचण्डले लाउन हुने,मैले नहुने भनेर कम्पिटिसन गर्या पनि हुन सक्छन् ‘बा’ ले ।’ उनको लेखाइको अर्थ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिको गरेर प्रधानमन्त्री ओलीले पनि निकै महँगो घडी लगाएका हुन् ।
जनआस्था साप्ताहिकमा ‘प्रमको नाडीमा करोडौंको घडी, देशभर बाढी’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । समाचारमा प्रधानमन्त्रीले सबैभन्दा महँगो पातेक फिलिपको घडी लगाएको सन्दर्भ उल्लेख छ । उनि देश, विदेशको यात्रा तथा पार्टी कार्यक्रममा सहभागी हुँदा पनि सोही घडीमा देखिने गगरेको जन आस्थाको समाचारमा लेखिएको छ ।