रवि लामिछानेलाई ज्ञापनपत्र बुझाउन गएका सहकारी पिडितमाथि ढुंगा प्रहार
काठमाडौँ – सहारा सहकारीबाट गोरखा मिडियामा गएको ६५ करोड रुपैयाँ के हो, १५ प्रतिशतको शेर धनि रवि लामिछाने भागीदार हुने नहुने विषयमा कुरा गर्न गएका सहकारी पिडितहरुमाथि ढुंगा प्रहार भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने शनिबार चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै गर्दा प्रश्न गर्न गएका पिडितहरुमाथि ढुंगा र बोत्तल प्रहार भएको हो ।
उनीहरूले आफूहरूले शान्तिपूर्ण प्रदर्शन र ज्ञापनपत्र बुझाउन खोज्दा कार्यक्रमस्थलबाटै ढुंगा प्रहार गरिएको दाबी गरेका छन् ।
सहारा सहकारीपीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले आफ्नो समस्याका बारेमा लामिछानेलाई जानकारी गराउन खोज्दा उल्टै हस्तक्षेप गरिएको जिकिर गरे ।
सहारा सहकारीबाट गोरखा मिडियामा गएको ६५ करोड रुपैयाँ के हो, १५ प्रतिशतको लामिछाने भागीदार हुनेरनहुने विषयमा कुरा गर्न आउँदा भित्रबाट एक्कासि आफूहरूमाथि ढुंगा र बोतल प्रहार गरिएको दुवाडीले बताए ।