प्यासन फाउण्डेशनमा जापानीज भाषा टेस्ट सम्पन्न, उत्कृष्टले पाए पुरस्कार
काठमाडौं – जापान अध्ययनको भरपर्दौ शैक्षिक परामर्श संस्था प्यासन फाउण्डेशनले जापानीज भाषा टेस्टसम्बन्धी प्रतिस्पर्धा गराएको छ । ‘अप्रिल इन्टेक २०२५’ को तयारी गरिरहेका विद्यार्थीलाई सहभागी गराएर प्यासन फाउण्डेशनले जापानीज भाषासम्बन्धी प्रतिस्पर्धा गराएको हो ।
प्रतिस्पर्धामा संगम ओली प्रथम भएका छन् । प्रतिस्पर्धामा सहभागी सबैलाई पछि पार्दै संगम प्रथम भएका हुन् । उनले नगद रु ५ हजार पुरस्कारसमेत जितेका छन् ।
प्रतिस्पर्धामा निर्मल बुढाऐर दोश्रो हुँदा मुना ठगुन्नाले तेश्रो स्थान हात पार्न सफल भएका छन् । उनीहरुले क्रमशः ३ हजार ५ सय र २ हजार ५ सय नगद पुरस्कार जितेको प्यासन फाउण्डेशनले जनाएको छ ।
त्यस्तै, क्यारिकेचरमा भुपेन्द्र धिताल, गायनमा दिव्या लामिछाने र खेमराज चौधरीले पुरस्कार जितेका छन् । अध्ययनका लागि जाने जाने विद्यार्थीको भाषाको स्तर मापन गर्न, स्तर बढाउन र भाषामा निपूर्ण बनाउन प्रतिस्पर्धाको आयोजना गरेको प्यासन फाउण्डेशनका संचालक पुस्पराज पहराईले बताए ।
१० बर्षअघि काठमाडौंको बागबजारमा खुलेको प्यासन फाउण्डेशनले राजधानीसहित देशभर ७ वटा शाखा विस्तार गरेको छ । राजधानीको बागबजार, पुतलीसडक, गंगबु, चावहिल, सामाखुशीमा शाखाहरु रहेका छन् भने राजधानी बाहिर कपिलबस्तु र बुटवलमा प्यासन फाउण्डेशनले शाखा विस्तार गरेको छ ।
प्यासन फाउण्डेशनमा जापानीज भाषाका कक्षाहरु संचालित छन् भने आईएलटिएस, पीटिई लगायतका पूर्वतयारी कक्षाहरु पनि संचालित छन् । प्यान फाउण्डेशनले अध्यननका लागि जापानसहित अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका लगायतका देशमा जान चाहने विद्यार्थीलाई सहि परामर्श दिदै आएको छ ।

