प्रभु ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख सहयोग
काठमाडौं – प्रभु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख सहयोग गरेको छ ।
गु्रप अन्तरगतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन सोमबार ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्री केपि शर्मा ओलीलाई एक करोड पचहत्तर लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
प्रभु ग्रुप अन्र्तगतका उल्लेखित संस्थाहरुबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पिडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा गरिएको छ । ग्रुपले बाढी तथा पहिरोबाट घाइते नागरीकहरुको सिध्र स्वास्थलाभको कामना र मृतकजन प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछ ।
असोज दोस्रो हप्तामा देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको परीप्रेक्षमा राष्ट्रिय विपदको यस दुःखद घडीमा पीडित एवम् प्रभावित परीवारका लागि सहायता स्वरुप एवम् नेपाल सरकारलाई पिडीतहरुको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भनेर सहयोग गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।