अध्यादेश मार्फत माधव नेपालको पार्टी फुटाउने ओलीको यस्तो दाउ

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौँ – वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने दाउमा लागेको विपक्षी दलले आरोप लगाएको छ । शुक्रबार बानेश्वरमा बसेको विपक्षी दलको बैठकमा सरकार अध्यादेश ल्याएर पार्टीहरु फुटाउने दाउमा देखिएकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको आजपाका अध्यक्ष प्रभु साहले जानकारी दिएका हुन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पचण्डले केपी ओली नेृतत्वको सरकारको रवैया ठीक नभएकाले विपक्षी चुप लागेर बस्न नहुने धारणा राखेका थिए । यस्तै विपक्षीलाई तर्साउने र फुटाउने नीतिमा सरकार देखिएकाले यसविरुद्ध एकजुट भएर अघि बढ्नेबारे समझदारी बनेको समेत साहले बताए ।

प्रतिपक्षी दहरुले नेकपा एकीकृत समाजवादी फुटाउन सरकारले अध्यक्ष जारी गरेमा एकजुट भएर प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलको बैठकले सरकारले तत्कालै नेकपा एकीकृत समाजवादी फुटाउन अध्यक्षदेश ल्याउन खोजेको आशंका गरेको एक नेताले जानकारी दिए ।