माल्दिभ्सलाई ११ गोल हानेको नेपालले श्रीलंकाविरुद्ध पनि पहिलो हाफमै हान्यो ४ गोल

बिहिबार, ८ कार्तिक २०८१

काठमाडौं – नेपालले जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलको पहिलो हाफमा अग्रता लिएको छ।

अहिले काठमाडौंस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले ४-० को अग्रता लिएको हो ।

नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी र सबिता राना मगरले एक एक गोल गरेका थिए।

यस प्रतियोगिताको समुह बी मा रहेको नेपाल समुह विजेता हुन ६ गोल अन्तरले जित हासिल गर्नुपर्ने छ।