काठमाडौँबाट उड्न लागेको एयर इण्डियाको विमानमा बम रहेको सूचना
काठमाडौँ – काठमाडौँबाट दिल्ली जान लागेको एयर इण्डियाको विमानमा विष्फोटक पदार्थ रहेको सूचनापछि चेकजाँच गरिँदै छ।
उक्त विमान सोमबार अपराह्न काठमाडौँबाट उड्न लागेको थियो। केही यात्रु विमानभित्र प्रवेश गरिसकेपछि विमानमा विष्फोटक पदार्थ रहेको सूचना आएको थियो। अहिले विमानको जाँच चलिरहेको छ।
केही दिनअघि भिस्तारा एयरको जहाजमा पनि बम रहेको हल्ला चलेको थियो।
पछिल्लो केही दिनयता भारतका विभिन्न एयरलाइन्सका विमानमा बम रहेको सूचनापछि उडान प्रभावित हुने क्रम बढिरहेको छ।