स्वस्थ्य सरोकार : हस्पिटल नगइ स्वस्थ रहने उपायहरु
काठमाडौं – योग मुख्यतया जीव चेतनाको ब्रम्हा चेतनासँग जोड्ने खालको भावनात्मक एवम् विचारणात्मक पद्धति हो । त्यसमा दार्शनिकता प्रधान छ तथा हलचल कम ।
योगि आफ्नो हलचललाई समेट्छन् र शरीरको शिथिलता मनको शन्ति एकाग्रताको स्थितिमा लिएर जाने प्रयात्न गर्छन् । यसबाट अन्तरमनको थकान हटेर जान्छ र ध्यान धारणाको सहारामा समाधि स्तरको विश्रान्ती प्राप्त गरेर त्यो स्थिति बनाउँछ । जसमा नव जीवनको नयाँ तरिकाले निर्धारण सम्भव छ । ब्रम्हा विधाको तत्व दर्शन मन र चिन्तामा छ । उपनिषदमा योगको प्रतिपादन् यहि रुपमा भएको छ ।
योगको भौतिक पक्ष त्यो हो जसमा शरीरिक हलचलमा ध्यान दिईएको छ र त्यसको सहारामा स्वास्थ रक्षाका लागि प्रर्यात्न गरिएको छ । यो प्रतिपादनको तर्क यो हो कि स्वस्थ शरीरमा नै स्वस्थ मन रहन्छ । यसैले मनलाई सुसंस्कृत बनाउनुभन्दा अगाडि शरीरलाई स्वस्थ बनाउन आवश्कता छ । तर्कको यो सिलसिला व्यर्थ छ र शरीर प्रथम या मन यो वाद–विवाद नपरी पनि यो मान्न सकिन्छ कि स्वास्थ्यको आफ्नो उपयोगिता छ र प्रधान या गौण ठहराउने झंझटमा नपरी यसलाई महत्वपुर्ण मानियोस् । यसका लागि जुन साधन उपयोगी हुनसक्छ त्यसलाई काममा ल्याईयोस् ।
विज्ञान क्षेत्रमा शरीरले नै प्रधानता पाएको छ त्यसैले योगको सम्बन्धमा त्यसको त्यहि पक्ष आकर्षक छ जुन स्वास्थ्य सम्बद्र्धनमा लागि प्रयुक्त हुन्छ यसैले विदेशमा आसन, प्रणायामलाई नै योग मानिएको छ । धेरै भयो भने मानसिक एकाग्रता पनि यसमा सम्मिलित गर्न सकिन्छ ।
आसनको सम्बन्धमा जुन शोध देश र विदेशमा चलेको छ त्यसमा त्यो अङ्ग संचालनको सामान्य व्यायाम प्रक्रिया नरहेर त्योभन्दा धेरै बढाई–चढाई सिद्ध भैरहेको छ । स्पष्ट छ कि जसलाई प्रयोगशालाले स्वीकार गर्छ त्यसलाई अन्य मानिसले पनि अपनाउन थाल्छन् ।
लाग्छ जुन आसन अभ्यासलाई उपहासास्पद ठहराउने गरिन्छ , आफ्नो दिन तथा कथित मानिसले पनि त्यसको उपयोगिता देखेर आकर्षित हुनुपर्नेछ । रुसका व्यायाम चिकित्साका प्रोफेसर एम. सारकी सौव सैराजिनीले ‘मैन मास्ट बी हेल्टो’ नामक पुस्तक लेखेका छन् । उनी त्यहाँ आफुलाई आफ्नो विषयको मर्मज्ञ एवम् विशेषज्ञ सम्झन्छन् ।
आफ्नो उक्त पुस्तकमा उनले स्वास्थ्य रहनाका लागि यौगिक श्वसनको परामर्श दिएका छन् ।
सेंट्रल क्लीनिक हस्पीटल, मस्कोका बाल रोग विशेषज्ञ एवम् सर्जन डा. अनातोलि मैड वेस्टकाई बालकलाई सरल एवम् साधारण योगासनको तरिका बताउँछन् यो कार्यमा उनी विशेष सफलता प्राप्त गर्छन् ।
रुसका कांसेटनिटन बुटेकी नामक हृदय रोग विशेषज्ञ चिकित्सकले सयौं विभिन्न प्रकारका रोगीलाई यौगिक क्रियाद्वारा निको पार्नमा आशातीत सफलता प्राप्त गरे र उनले दमले पीडित मानिसलाई औषधीहरु दिनुको साटो यौगिक श्वसनको क्रियाको अभ्यास गराए । परिणाम स्वरुप उनको शरीरमा प्रवेश गर्ने अक्सिजन र कार्वन–डाईअक्साइडको बीचमा भैरहेको असन्तुलन हटेर गयो र दमको रोगीलाई धेरै फाईदा भयो । दम रोग बाहेक त्यो यौगिक क्रियाहरुद्वारा छारेरोग, उच्च रक्तचाप, एवम् हृदय रोग जस्ता भयानक रोगको सफल उपचार गरिन्छ ।
वर्तमान समयमा विश्वमा करोडौं सङ्ख्यामा मधुमेह रोगी छन् । ‘मेडीकल साइन्स’ द्वारा अझैंसम्म यसको कुनै निश्चित उपचार ज्ञात हुन सकेको छैन् । ४०० इशा पुर्व सुश्रूतले यो रोग ग्रस्त रोगीहरुको पिसाबमा गुलियोमात्रा उपस्थित हुने बताएका थिए । ईशाको १७ औं शताब्दीमा वेस्टविलि, मधुमेहले पीडित रोगीको मुत्रमा चिनीको मात्रा परिक्षण गरेर देखाए । मधुमेह रोगीको समस्त अतः श्रावी ग्रन्थीहरु प्रभावित हुन्छ ।
प्रारम्भमा रगतमा ग्लुकोजको मात्रा कम एवम् पेन्क्रियाजले स्रावित इन्सुलिनको मात्रामा कमि पाईन्छ । सेन्ट्रल कान्सिल फर रिसर्च इन इण्डियन इण्डिजेनस मेडीसिन एन्ड होम्योपेथीद्वारा आयोजित प्रथम वैज्ञानिक सम्मेलनमा डा. धर्मवीर नारायण वरन्दानी र स्वामी आनन्दले मधुमेहको चिकित्सामा ‘योग’ को योगदान सम्बन्धी केहि प्रयोगको निष्कर्ष प्रस्तुत गरे । ‘योगिक ट्रिटमेन्ट रिसर्च सेन्टर ’नामक सस्थामा विभिन्न उमेरका २८३ मधुमेह रोगीहरुमा तीन महिनाका लागि प्रयोग गरियो । रोगीहरुलाई सन्तुलित खानाको रुपमा ९८ ग्राम बोसो भएको पदार्थ, ४०० ग्राम कार्बाेहाइटे«ड, १०० ग्राम प्रोटिन र कुल २९०० क्यालोरी नियमित रुपमा प्रधान गरियो ।
समय समयमा उनीहरुको वजन, मुत्र परिक्षण, रगतमा चिनिको मात्रा तथा हृदयको ई.सी.जी द्वारा परिक्षण गरियो । रोगीहरुलाई प्रतिदिन बिहान र साँझ दुुई पटक सर्वागासन, हलासन, मयुरासन, श्वासन, आदि सरल आसन एवमु् केहि अन्यान्य यौगिक क्रियाहरु गराईरह्यो साथै उनीहरुको दिनचर्या नियमित रुपमा राखियो तथा प्रथाना, भजन, पुजन, ध्यान साधना आदिको पनि समावेश गरियो ।
तीन महिनाको परिक्षण पछि हेर्दा थाहा भयो कि ५२ प्रतिशत रोगी लाभान्वित भए । उनीहरुमध्ये अधिकांश रोगी पुर्णरुपमा स्वस्थ भए । यो अवधिमा जसलाई धेरै थोरै लाभ हुन पुग्यो या निको भएनन् उनीहरु या त जन्मदैदेखि रुग्ण थिए या लामो समय देखि रोगीभहेका थिए । ‘योग लाईफ’ को १९७७ को अङ्कामा डा. लक्ष्मीकान्तको ‘योग एण्ड द हर्ट’ नाम लेख छापिएको थियो । डा. लक्ष्मीकान्त ‘मेडीकल कलेज’मद्रासका प्रोफेसर हुन् ।
उनले गभरमेंट नजरल हस्पिटलमा विभिन्न हृदय रोगिहरुमा आसनको प्रभाव हेर्नका लागि प्रयोग गरे । उनीहरुले यस्तो उच्चरक्तचाप भएको रोगी माथि प्रयोग गरे । जसलाई ‘मेडीकल चिकित्सा’ बाट कुनै विशेष फाइदा भएन प्रोफेसर लक्ष्मीकान्तले दुई प्रकारको योगासनको अभ्यास गरे ।
१. जसको रक्तचाप धेरै उच्च थियो र हृदय कमजोर थियो उनीहरुलाई केवल (शवासनमा खट्टामुनि सिरानी लगाउने) अभ्यास गराए । यो अभ्यसले रोगीहरुले धेरै आनन्द पाए । २. जस्को हृदय बलियो थियो उनीहरुलाई उपरोक्त अभ्याससँगै हलासन, सर्वागसन, र विपरीत कारणको मुद्राको अभ्यास गराईयो । आसनको अभ्यास पछि रोगीहरुलाई धेरै स्पूmर्ति एवम् शक्तिको अनुभव भयो र उनीहरुलाई पहिलेको भन्दा राम्रो र गहिरो निद्रा लाग्न थाल्यो ।
यस प्रकारको परिणाम डा. के. के. दाँतेले पनि शवासनको प्रभावबाट हृदय रोगका रोगीहरुमा पाएका छन् । पटनाका डा. श्री निवास एवम् अमेरिकाका डा. बेनसनले प्रयोगको आधारमा हेरे कि हृदय रोगमा ध्यानको राम्रो प्रभाव प¥यो । सजिलो व्यायाम पुर्णतः वैज्ञानिक व्यायाम पद्धति हो । यसमा मांसपेशीहरु तन्कने र खुम्चने गर्नाले रक्त प्रभाहको गतिमा केहि तीव्रता आउँछ । जबकि अन्य व्यायाम जस्तो दण्ड–बैठक आदिबाट दबाब पर्छ जसमा पेशीहरु कठोर हुन्छ । आसनबाट पेशीहरुमा लचिलोपना आउँछ । शरीरमा स्फर्तिको अनुभुति हुन्छ । शीर्षासनलाई आसनमा सबैभन्दा उत्तम आसन मनिएको छ । यसमा वैज्ञानिक परिक्षण गरिएको छ । सर्बप्रथम पोल्याण्डका थर्ड क्लिनिक आफ मेडीसिनका डाईरेक्टर एलेकांडा विच (जुलियन ) ले शीर्षासनद्वारा शरीरको अवयवमा पर्ने प्रभावको अध्यायन वैज्ञानिक ढंगले गरे ।
एनले शारीरिक एवम् मानसिक रुपले सन्तुलित स्वास्थ्य भएर मानिसमा शीर्षासनको प्रभाव हेर्नका लागि एक्स रे एवम् ई. सी. जी आदि उपकरणको साहायता लिए ।
प्रोफेसर जुलिएनले त्यो व्यक्तिलाई खालि पेटको स्थितिमा ३०—४० मीनेट शीर्षासन गराएर श्वासनमा विश्राम गराए । आसनभन्दा अगाडी या पछि परिक्षणबाट निम्न निश्कर्ष निकालियो । शीर्षासनबाट रगतमा सन्तुलन आउन थाल्छ । उनले शीर्षासनको अभ्यासबाट हृदय रोग एकै पटक रोक्न सक्ने सम्भावना व्यक्त गरेका छन् । रगतमा श्वेतकोणको बृद्धि पाईयो जसबाट शरीरको जीवनशक्ति एवम् रोग निरोधक क्षामतामा बृद्धि पाईयो । शीर्षासनको स्थितिमा एक्सरेद्वारा हेर्दा बक्ष–स्थल फैलिएको पाईयो एवम् हृदय पुर्णरुपमा दबाबरहित देखियो ।
फोक्सोलाई पर्याप्त खल्ला स्थिान मिल्यो फोक्सोमा अक्सिजनको ३३ प्रतिशत बृद्धि देखियो तथा श्वासको दर एवम् मात्रामा कमि पाईयो । श्वासको मात्रा त प्रति मिनेट ८ लिटरको स्थानमा ३ लिटर भयो तर फोक्सोको त्यसलाई मन्युम गर्ने क्षमता बढ्यो । निष्कासित दुषित वायुमा अक्सिजनको मात्रा १० प्रतिशतले कमी भयो । भुजंगासनमा अनुसन्धान जुन १९७८ चोकोस्लोभाकियामा भयो । फास्ट कन्फ्रेन्स अन दि एप्लिकेशन अफ योग इन रिहेबिलएशन थेरापि मा यो आसनमा विशेष प्रयोग गरियो । प्रयोगकर्ताले पाए यो आधारमा मानसिक तनावलाई नियमित गर्न सहायता मिल्छ ।
शोनावाला (महाराष्ट्र) मा चल्ने प्रयोगमा सर्वागासन, मयुरासन, सामान्य स्वास्थ्य सम्बद्र्धन र दुर्बलता ग्रसित रोगीहरुका लागि अन्य आसनको तुलनामा धेरै उपयोगी पाईयो ।
देश–विदेशमा सजिलो उपचारको सम्बन्धमा चलिरहेको अनुसन्धानले यो बताउँछ कि त्यसलाई सरल व्यायामझैं प्रयुक्त गरेर कैयौं यस्ता रहस्यमय फईदा लिन सकिन्छ जुन यस्तै अङ्ग संचालनको अन्य साधारण क्रिया पद्धतिको माध्यमले सम्भव छैन ।