रवि लामिछानेको यसपालीको तिहार हिरासतमै हुने निश्चित
काठमाडौं – सहकारी ठगीको आरोपमा कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको यसपालीको तिहार हिरासतमै हुने निश्चित भएको छ।
पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेसँगको बयान आज सक्ने प्रहरीको तयारी भएपनि यता बयान सकिए लगतै अनुसन्धानका लागि बुटवल लगिने भएपछि उनको तिहार हिरासतमै हुने निश्चित भएको हो ।
कार्तिक १२ मा अनुसन्धान अधिकृत र सरकारी वकिलले साढे ८ घण्टा बयान लिएका थिए । लामिछानेको बयान नसकिएको र बुधवार पनि निरन्तर बयान लिन थालिएको स्रोतले जनाएको छ । पोखरामा आज बयान सकिएसँगै उनलाई बुटवल लैजाने प्रहरीको तयारी छ ।
पोखराको सूर्यदर्शनसँगै बुटवलको सुप्रिम सहकारी ठगीमा अनुसन्धान गर्न तिहार पछिमात्र लगिने भएको छ। यो बिचमा उनि हिरासतमै रहनेछन् ।