सभामुख महरा प्रधानमन्त्रीसंग डराएको गगन थापाको आरोप (प्रमाण सहित)
काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरा कार्यकारी प्रमुखसंग डराएको बताएका छन । सभामुख प्रधानमन्त्रीसँग डराएको जस्तो र आफ्नो अधिकार प्रयोग गर्न नसकेको जस्तो देखिएको थापाको भनाई छ । यो घटनाले पार्टीको संसदीय दलमा सभामुखलाई हेर्ने दृष्टिकोणकै विषयमा छलफल गर्नुपर्ने देखिएको थापाले बताए ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि कांग्रेसले त्यसलाई असंसदीय भाषा भन्दै विरोध जनाएको थियो । तर कांग्रेसको विरोधलाई बेवास्ता गर्दै सभामुखले प्रधानमन्त्रीलाई जवाफलाई निरन्तरता दिन आग्रह गरेपछि संसदमा प्रधानमन्त्री र कांग्रेस सांसदहरुबीच सवाल जवाफ नै भएको थियो ।