डोनाल्ड ट्रम्पले आफूलाई गरे राष्ट्रपति घोषणा

बुधबार, २१ कार्तिक २०८१

काठमाडौँ –  रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले आफू विजयी भएको घोषणा गरेका छन् ।

फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उनले अमेरिकी राष्ट्रपतिमा आफूलाई विजयी भएको घोषणा गरेका हुन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन ।

आफ्नो जितको खुसीयालीमा ट्रम्पले कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् । यस सम्बोधनमा उनले आफ्ना उपराष्ट्रपति जेडी भान्सलाई पनि बोलाएका छन् ।

यसैबिच ट्रम्पले खर्बपति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता कम्पनीका सीईओ एलन मस्कलाई ‘न्यू स्टार’ भनेका छन् । मस्क यस पटकको चुनावी अभियानमा खुलेर ट्रम्पको पक्षमा लागेका थिए ।