कारको ठक्करबाट ३५ जनाको मृत्यु
काठमाडौँ – दक्षिणी चीनको झुहाई सहरमा सोमबार साँझ कारले ठक्कर दिँदा ३५ जनाको मृत्यु र ४३ जना घाइते भएको स्थानीय प्रहरीले मंगलबार जानकारी दिएको छ।
सोमबार नै यो घटनाको जानकारी दिइएको थियो। तर त्यसबेला प्रहरीले केही मानिसहरू घाइते भएको मात्र बताएका थिए भने सामाजिक सञ्जालबाट घटनाका भिडिओ हटाइएको देखिन्थ्यो।
तर मङ्गलबार प्रहरीले झुहाई खेलकुद केन्द्रमा ‘गम्भीर र दुर्भावनापूर्ण आक्रमण’ भएको र मृतकको सङ्ख्या ३५ पुगेको खुलासा गरेको छ।
फान उपनामले चिनिने ६२ वर्षीय चालकले ‘एउटा सानो एसयूभी गेटबाट भित्र चलाएर सहरको खेलकुद केन्द्रमा प्रवेश गरी खेलकुद केन्द्रको भित्री सडकमा व्यायाम गरिरहेका मानिसहरूलाई ठक्कर दिएको’ प्रहरीले विज्ञप्तिमा जनाएको छ।