मेडिसिटी अस्पतालको मिर्गौला गायब प्रकरणले लियो नयाँ रुप

बिहिबार, ६ मंसिर २०८१

काठमाडौं – मेडिसिटी अस्पतालले मिर्गौला गायव पारेको विषयले नयाँ रुप लिएको छ । इलामका ३८ वर्षीय सरोज सुब्बा (लिम्बू)को उपचारको क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालका डाक्टरले मृगौला बेचेर खाएको आरोप लगाएका छन् । उपचारमा करिब २५ लाख रुपैयाँ खर्च गरेको लिम्बु परिवारले डाक्टरले शरिरको मृगौला निकालेपछि मृत्यु भएको बताएका छन् । उपचारमा संलग्न मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले विरामी बचाउन हर प्रयास गरेको बताएका छन् ।

‘उहाँ तीन–चार पटक फलोअपमा आउनुभयो । त्यसबेला चिकित्सकले इन्फेक्सन भयो भनेर मिर्गौला निकालेका रहेछन्’, राईले प्रश्न गरे, ‘प्रत्यारोपण गर्दा भिडियो रेकर्डदेखि परिवारको सही सबै चाहिने, तर निकाल्दादेखि केही परामर्श गर्नुपर्दैन ?’

उनले अगाडि भने, ‘कसरी मिर्गौलामा इन्फेक्सन भयो ? केही जानकारी दिएको छैन । अस्पताल प्रशासनले मिर्गौला नै गायब बनाएको छ, जबसम्म हामीलाई चित्तबुझ्दो जवाफ आउँदैन लास बुझ्दैनौं ।’