झोलुंगे पुल भत्किंदा पाँच मजदूरको ज्यान गयो

आइतबार, १६ मंसिर २०८१

काठमाडौँ – रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किंदा पाँच जनाको मृत्यु भएको छ।

सुनछहारी गाउँपालिका-३ स्थित गाममा आइतबार बिहान निर्माणाधीन झोलुंगे पुलको टेवा पर्खाल भत्किदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जनाएको छ।

पुलको टेवा पर्खाल निर्माणमा सात जना काम गरिरहेका थिए। पर्खाल भत्किन लागेपछि दुई जना भाग्न सफल भएका छन्। पाँच जना भने पर्खालमै च्यापिएको प्रहरीको भनाई छ ।

मृत्यु हुनेमा सुनछहरी-३, गामकी २७ वर्षीया आइती परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, ४५ वर्षीय दुजमान परियार र ६६ वर्षीय देवीराम परियार रहेका छन्।