चीनले ओलीलाई तीन सय वटा गाडी उपहार दिने

मंगलबार, १८ मंसिर २०८१

काठमाडौँ – चीनले नेपाललाई तीन सय वटा सवारी साधन उपलब्ध गराउने भएको छ ।

चीनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको उपहार स्वरुप १ सय वटा विद्युतीय कार, एक सय प्रहरी भ्यान, ५० वटा स्कूल भ्यान र ५० वटा एम्बुलेन्स उपहार दिने भएको हो ।

चीनले थोत्रा गाडी थमाउन लागेको भन्दै सामाजिक संजालमा चर्को बहस भइरहेको छ ।

चीनले उपलब्ध गराउने गाडीमध्ये सय वटा विद्युतीय (इभी) हुनेछ । त्यस्तै एक सय वटा प्रहरी भ्यान, ५० वटा स्कूल भ्यान र ५० वटा एम्बुलेन्स दिने तयारी छ ।