निक्षेप तथा कर्जा सुरक्षण कोष र ग्लोबल आइएमई लघुवित्तबीच विपन्न वर्ग कर्जा सुरक्षण सम्झौता
काठमाडौँ – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण सम्झौता भएको छ ।
वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखराको विजयपुरस्थित मांगलाबार एक कार्यक्रममाबीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले सहमती पत्रमा हस्ताक्षर गरेसंगै सम्झौताले आधिकारिकता पाएको हो ।
ऋणीहरुको मृत्यु भएमा वा व्यवसाय विफल भएमा समेत कोषबाट सुविधा लिन सकिने निक्षेप तथा कर्जा सुरक्षण कोषले जनाएको छ ।
कार्यक्रममा कोषका प्रबन्धक तथा वित्तीय संस्थाका विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो । वित्तीय संस्थाले सातै प्रदेशमा १२१ वटा शाखा कार्यालयहरु मार्फत करीब १,५१,००० सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको छ ।
हाल ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको ६० हजारभन्दा बढी ऋणी सदस्य र करीब ९ अर्ब ३३ करोड लगानी रहेको छ ।