आईटी एक्स्पो गर्दै आइएसएमटी कलेज
काठमाडौँ – काठमाडौँको तिनकुने गैरीगाउँमा अवस्थित आईएसएमटी कलेजले आईटी एक्स्पो गर्ने भएको छ । कलेज परिषरमा संचालन हुने एक्स्पो दुई दिनेसम्म चल्ने छ ।
यही पुस ४ र ५ (डिसेम्बर १९ र २०) गते चल्ने एक्स्पो विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म संचालन हुने आईएसएमटी कलेजका विजनेश डेभ्लप्मेन्ट म्यानेजर बासुदेव वस्तीले बताए ।
एक्स्पोमा प्राजेक्ट स्वकेस, छात्रबृत्तिको अवसर, फुड स्टल र लाइभ गेमहरुको सुविधा रहेको कलेजले जनाएको छ ।
