११ हजार फिटको उचाइमा उडिरहेको विमानको ककपिटमा कोब्रा सर्प
काठमाडौँ – एघार हजार फिटको उचाइमा उडिरहेको बिमानको ककपिटमा कोब्रा सर्प भेटिएको छ। दक्षिण अफ्रिकाका पाइलट रुडोल्फ इरास्मसले आफ्नो पीठमा चिसो महसुस गरेर केही समयपछि एहेर्दा ठूलो कोब्रा सर्प आफ्नो सिटमुनि भेटाएका हुन्।
विगत पाँच वर्षदेखि विमान उडाउँदै आएका पाइलट इरास्मसले यो निकै डरलाग्दो घटना रहेको बताएका छन् । यस घटनामा, उनी चार यात्रुहरू लिएर वर्सेस्टरबाट नेल्स्प्रुटको अर्को उडान गर्दै थिए । त्यसैले उसले आफ्नो पीठमा चिसो चिसो महसुस गरे र सोचे की पानीको बोतलबाट पानि झरेको छ । उनले देब्रेतिर फर्केर तल हेर्दा कोब्राले सिटमुनि टाउको राखेको थियो ।
उनले सबै यात्रीलाई ककपिटमा सर्प देखिएको र आफुले विमानलाई जति सक्यो छिटो आकस्मिक अवतरणको प्रयास गरिरहेको जानकारी दिएका थिए ।
यो देखेपछि उनले जीवन र मृत्युको बीचमा सुरक्षित आपतकालीन अवतरण गरे, जसको अहिले सर्वत्र प्रसंशा भएको छ । सो सर्प अहिलेसम्म विमानमा नभेटिएको र इन्जिनियरहरूले अझै खोजिरहेको बताइएको छ ।