कोलेस्ट्रोल घटाउन बिहानै अपनाउनुहोस् ५ बानी
काठमाडौँ – कोलेस्ट्रोलको समस्या भएको विरामीका लागि विशेषज्ञहरु केही सल्लाह दिएका छन् । बिहानको आनीबानीले यसलाई नियन्त्रण गर्न निकै मद्यत गर्ने उनीहरुको भनाई छ ।
यसप्रकार छन् कोलेस्ट्रोल नियन्त्रण गर्न विशेषज्ञहरूले दिएका ५ बानी ।
१) कागती पानी पिउने
आफ्नो बिहानको सुरुवात १ गिलास कागती पानीमा मनतातो पानी खाएर गर्नुपर्छ । यसका लागि १ गिलास पानीमा आधा कागती निचोरेर बनाउनु पर्छ । कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।
२) बिहानको खाजामा फाइबर
तपाईंले आफ्नो आहारको ख्याल गर्न महत्त्वपूर्ण छ। विशेष गरी तपाईंको बिहानको खाजामा फाइबरको मात्रा प्रशस्त हुनुपर्छ। यसका लागि ओट्स खान सकिन्छ । यसमा राम्रो मात्रामा फाइबर पाइन्छ, जसले कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्छ। साथै, स्याउ, केरा जस्ता फलहरू खान सकिन्छ ।
३) बदाम ओखर
बिहानको खाजामा ओखर, बदाम, सूर्यमुखीको बिउ जस्ता खानेकुराहरू पनि समावेश गर्न सकिन्छ ।
४) बिहानको पैदल यात्रा
कोलेस्ट्रोल नियन्त्रण गर्न, तपाईंले व्यायाम गर्न आवश्यक छ। यसका लागि बिहान हिँड्नुपर्छ । बिहानको पैदल यात्राले तनाव पनि कम गर्छ र दिमाग शान्त रहन्छ।
५) ग्रीन टी पिउनुहोस्
बिहान नियमित चियाको सट्टा ग्रीन टी पिउनु लाभदायक हुन्छ। ग्रीन टी पिउनाले खराब कोलेस्ट्रोल कम हुन्छ। यो चियामा एन्टिअक्सिडेन्ट प्रशस्त हुन्छ । तर ब्लड प्रेसर कम हुनेले भने ग्रीन टी पिउँदा ध्यान दिनुपर्छ ।