आगलागी नियन्त्रण गर्न अमेरिका असफल, युक्रेनले सहयोग गर्ने

सोमबार, २९ पौस २०८१

वासिङ्टन – लस एन्जलसमा ६ दिनदेखि लागेको आगोका नियन्त्रण गर्न अमेरिका असफल भएको छ । अमेरिका अग्नि नियन्त्रक असफल भएपछि मेक्सिको र क्यानडाले सहयो गरिरहेको छ ।

आगो नियन्त्रण गर्नका लागि अमेरिकाले युक्रेनी अग्नि नियन्त्रकसँग गुहार मागेको छ । राष्ट्रपति भालाडोमिर जेलेन्सकीले १५० अग्नि नियन्त्रक पठाएर सहयोग गर्ने जनाएका हुन्। जेलेन्सकीले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने कार्यक्रम थियो। अहिले क्यालिफोर्नियामा लागेको आगोको कारण सो भेटवार्ता स्थगित भएको हो।

आइतबार भएको पत्रकार सम्मेलनमा २४ जनाको ज्यान गएको तथा १६ जना अझै हराइएको जनाइएको छ। पालिसेडमा २३ हजार आर्कमा आगो लागेको हो। यसैगरी, इटनमा १४ हजार आर्क तथा रस्टमा ७९९ आर्कमा आगो लागेको हो। अहिले १ लाख ५ हजार जना अझै घर बाहिर रहेका छन्।

९३१ जना स्वयं सेवक तथा अग्नि नियन्त्रक ६ दिनदेखि सक्रिय थिए। अहिले यो सङ्ख्या १४ सय पुगिसकेको छ। उनीहरू आइतबार साँझ सेन्ट एनिटा डोनेसन सेन्टर जम्मा भएका छन्। बुधबारदेखि त्यहाँ अझ हुरीको बेग बढ्न सक्नेछ। यसले उनीहरूको कामलाई अझ कठिन बनाउन सक्नेछ।