छिट्टै कांग्रेससँग सत्ता सहकार्य हुनेमा प्रचण्ड ढुक्क
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली नेतृत्वको सरकार धेरै अगाडि नजाने बताउँदै कांग्रेससँग सहकार्य हुनसक्ने संकेत गरेका छन् ।
आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा नजानेमा भने आफूहरू प्रस्ट रहेको दाबी गर्दै कांग्रेससँग सहकार्य हुनसक्ने संकेत गरेका हुन् ।
‘यो सरकार धेरै अगाडि जाँदैन भनेर सुरुवाती चरणमा नै भन्दै आएको थिए । प्रधानमन्त्रीको पार्टीमा नै उकुसमुकुस भइरहेको छ’ उनले भने ।
‘नीतिगत रुपमा सरकारको आयु धेरै लामो छैन । जुन ढंगले सरकारको जन्म भयो त्यो लामो आयुको छैन । तर हामीलाई सरकारमा अहिले कुनै रुचि छैन । यद्यपि चितवनमा शशांकजीहरुसँग भेट हुँदा के कुरा भएको थियो, त्यो हुनसक्छ,’(प्रचण्डले भने ।