सिंगो पार्टी सरकारको बिरुद्धमा उभिएका बेला रामकुमारी ओली सरकारको पक्षमा

आइतबार, २० माघ २०८१

काठमाडौं – सिंगो पार्टी सरकारको बिरुद्धमा उभिएका बेला नेकपा (एकीकृत समाजवादी)  कि नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्री केपी शर्मा ओली नेतृत्वको पक्षमा उभिएकी छिन्।

आइतबार पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अध्यादेशको सुविधाबाट एमालेसंग आफ्नो पार्टी छुट्टिएको भन्दै अध्यादेश ल्याउँदैमा सरकारले खराब गर्यो भन्न नमिल्ने बताएकी हुन्  ।

‘अध्यादेशको सुविधा संविधानतः सरकारलाई छ । संवैधानिक व्यवस्था नै भएको हिसाबले सरकारले आफ्नो सु्विधा प्रयोग गरेको हो । अब यो सुविधा लिन हुन्थ्यो, हुँदैन थियो, त्यसले के फरक पार्यो भन्ने कुरा चाहीँ हेर्नुपर्छ । अध्यादेश ल्याउँदैमा सरकारले खराब गर्यो भन्ने कुरा होईन । अध्यादेश के प्रयोजनको लागि ल्याइयो भन्ने पनि हो । कि यो सुविधा नै राख्न हुँदैन । अब संसद् चालु भइसकेको छ । अध्यादेशकै आधारमा सरकारको विरोध गरिहाल्न पनि हुँदैन,’– उनले भनिन् ।

सरकारले काम गर्ने सन्दर्भमा सुविधा दिनकै लागि अध्यादेश ल्याइने उनले बताईन् । सबै चिजमा प्रतिपक्षको मोर्चा बनाएर रोइलो गर्नुको आवश्यकता नरहेको बताईन् । अध्यादेश ल्याएर नेकपा (एमाले) विभाजन गरेको बिर्सन नहुने उनको भनाइ छ ।