स्टेजमै डाको छोडेर रोईन् चर्चित गायिका एलिना चौहान
काठमाडौँ – लोकप्रिय गायिक एलिना चौहान स्टेजमै डाको छोडेर रोएकी छिन् । दर्शकले ‘धोकेबाज हौ तिमी’ बोलको गीत गाउन आग्रह गरेपछि उनी स्टेजमै रोएकी हुन् । शुक्रबार ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिन पुगेकी उनले ‘धोकेबाज’ गीत गाउन मन नभएको भन्दै रोएकी हुन् ।
गतसाता मात्र उनले श्रीमान् विरुद्ध डिभोर्सको मुद्धा दर्ता गरेकी थिइन् । गायिका एलिना चौहानले ‘धोकेबाज हौ तिमी’ गीत धेरै गाउन मन नलाग्ने बताएकी छन्।
शुक्रबार ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिन पुगेकी उनले दर्शकहरूसँग यस्तो बताएकी हुन्। ‘धोकेबाज गीत धेरै गाउन मन छैन। अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ ‘उनले भनिन्।
उनी स्टेजमै भक्कानिएकी थिइन्। ‘भर्खर-भर्खर ब्रेकअप भएको छ। यस्तो बेला धेरैपटक धोकेबाज गाउनुहुँदैन। मलाई धोकेबाज धेरै गाउने मुड छैन,’ उनले भनिन्।