मेयर बालेनको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

सोमबार, २८ माघ २०८१

काठमाडौँ – काठमाडौँका मेयर बालेन शाहको नयाँ गीत सार्वजनिक भएको छ । चलचित्र लाज शरणम्को नयाँ गीत ‘नेपाल हाँसेको’ उनको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको हो।

मेयर शाहले पद सम्हालेपछि यो उनको पहिलो औपचारिक गीत हो। यसअघि उनी हिप(हप संगीतमा चर्चित भए पनि मेयर बनेपछि कुनै नयाँ गीत सार्वजनिक गरेका थिएनन्।

फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शनको तयारीमा रहेको लाज शरणम् हास्य टेलिश्रृंखला सक्किगोनि टिमले निर्माण गरेको हो । चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ मुख्य भूमिकामा देखिनेछन् भने निर्देशन कुमार कट्टेलले गरेका छन्। चलचित्रमा अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतका कलाकारको अभिनय छ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको यो चलचित्र नवीन श्रेष्ठले निर्माण गरेका हुन् भने राम नरेश शाह र सृजना खड्का सह(निर्माताका रूपमा रहेका छन्।