झुट बोलेको अभियोग लागेपछि सांसदलाई तिराइयो यतिधेरै जरिवाना

सोमबार, ५ फाल्गुन २०८१

काठमाडौँ – झुट बोलेको अभियोग लागेका एक सांसदले जरिवाना तिरेका छन् । सिङ्गापुरको वर्कर्स पार्टीका महासचिव ४८ वर्षीय प्रितम सिंहले झुट बोलेको अभियोगमा सांसद जरिवाना तिरेका हुन् । एक सांसदमाथि छानबिन गरिरहेको संसदीय समितिसमक्ष झूट बोलेको अभियोग लागेको थियो ।

सिङ्गापुरका विपक्षी दलका नेतालाई संसद्मा झुट बोलेको र पार्टीका एक सदस्यलाई झूटो साक्षीको विवरण ढाकछोप गर्न सहयोग गरेको अभियोगमा सोमबार जरिवाना गरिएको हो ।

केही महिनाभित्रै हुने चुनावमा सत्तारुढ पिपुल्स एक्सन पार्टी (पिएपी) को अत्यधिक प्रभुत्वलाई चुनौती दिन खोजिरहेको बेला यो सजाय आएको हो । पिएपीले सन् १९५९ देखि धनी शहर–राज्यमा शासन गर्दै आएको छ ।

सिंहले समितिलाई भनेको कुरा विपरीत सांसद रईसाह खानलाई संसद्मा आफ्नो झूटलाई ढाकछोप गर्न भनिएपनि सिकाए अनुसार ‘बनाउटी कुरा’ गर्दै गर्दा उनि चुकेको देखिएको जिल्ला अदालतका न्यायाधीश ल्यूक टानले बताएका हुन्  । सिंहलाई प्रत्येक अभियोगमा सात हजार सिंगापुर डलर जरिवाना गरिएकोले अदालतको फैसलाविरुद्ध अपिल गर्ने सिंहले बताएका छन् ।

संविधानअनुसार न्यूनतम १० हजार सिंगापुर डलर (सात हजार ४०० अमेरिकी डलर) जरिवाना वा कम्तीमा एक वर्षको जेल सजाय पाउने व्यक्ति निर्वाचनमा भाग लिन वा पाँच वर्षसम्म संसदीय सिट धारण गर्न अयोग्य ठहरिन्छ ।