सुनको मूल्य हालसम्मकै उच्च
काठामाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागि रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।